May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

जानकी मन्दिर पछाडी एक युवकमाथि आक्रमण, टाउकोमा फाईटर प्रहार

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0९:0९
जानकी मन्दिर पछाडी एक युवकमाथि आक्रमण, टाउकोमा फाईटर प्रहार

जनकपुरधाम । जनकपुरको जानकी मन्दिर पछाडी गएराती एक युवकमाथि आक्रमण भएको छ । जानकी मन्दिर पछाडी रहेको मस्जिदको अगाडी युवकहरुको समूहले एक युवकमाथि आक्रमण गरेको हो ।

जानकी हस्पिटलको बाटो भएर मस्जिद हुँदै जाँदै गरेका धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बस्ने २० बर्षिय ललन यादवमाथि आक्रमण गरिएको हो । साथीहरुसँग डेराबाट निस्केर जानकी मन्दिर तर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो ।

जानकी मन्दिरको दक्षिण–पश्चिम कुनामा रहेको मुस्लिम वस्ती भएर जाँदै गर्दा यादवमाथि सोही ठाउँमा एक दर्जन युवकहरुले यादवलाई कुटपिट गरेको हो । पुरानो कुनै रिसबई नभएपनि उनलाई कुटपिट गरेको बताइएको छ ।

पीडितका अनुसार धार्मिक सदभावलाई जोडेर गालीगलौज गर्दै चुनौति समेत दिएको बताएका छन् । उपचारको क्रममा उनलाई ८ वटा टाँका लगाइएको छ । जनकपुरका प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनले दिएको बयानमा धार्मिकतासँग जोडिएर कुटपिट गरेको आरोप लगाएका छन् ।

सो क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले एक युवकलाई पक्राउ गरेको छ । घटनामा यादवलाई कुटपिट गरेको आरोपमा सोही स्थान बस्ने शाहिल साफीलाई पक्राउ गरिएको जनाइएको छ ।

पीडित यादवका अनुसार, तीन जना साथीसँगै सो बाटोबाट जाँदै गर्दा सुरुमा गाली गलौज गरेको र गाली किन गरेको भनेर सोध्दा कुटपिट गरेको आरोप लगाएका छन् ।

जानकारी अनुसार, अहिले शाहिललाई छुटाउनको लागि मुस्लिम समुदायका मुखौटाहरु जिल्ला प्रहरीमा दौडधुप गरिरहेका छन् । हिन्दु–मुस्लिम सदभावको लागि कुरा गर्ने मुखौटाहरु समेत शाहिललाई छुटाउनको लागि कसरत थालेको बताइएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ 0९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट