July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ ११:00
बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा

बाँके । प्रहरीले बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर सुशील परियारलाई नियन्त्रणमा लिएको हो ।

ब्यूरोबाट इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेसन गरेको जनाइएको छ । ब्यूरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् ।

परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्यूरोले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २७, २०८१ ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट