sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उत्तर कोरियाद्वारा पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोन परीक्षण

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:४८
उत्तर कोरियाद्वारा पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोन परीक्षण

एजेन्सी । उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोनको परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम ‘केसीएनए’ का अनुसार यही अप्रिल ४ देखि ७ तारिखसम्म पछिल्लो परीक्षण गरिएको हो ।

हाएइल–१ नामको पानीमुनि आक्रमण गर्ने नयाँ ड्रोन प्रणालीको विकास गरेको खुलासा भएको हप्ता दिनपछि नै उत्तर कोरियाले हाएइल–२ को परीक्षण गरेको हो ।

पानीमा लुकेर सत्रुलाई आक्रमण गर्न यसको डिजाइन गरिएको बताइएको छ । रिपोर्टका अनुसार ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरेको थियो ।

त्यसपछि पूर्वी तटमा विस्फोटमा ध्वस्त भएको थियो । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।

किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

यो हतियारबाट शत्रुका जहाज र बन्दरगाहमा ठुलो मात्रामा रेडियोधर्मी तरङ्ग छोड्न सकिने दाबी गरिएको छ ।

अमेरिका र दक्षिण कोरियाविरुद्ध उत्तर कोरिया आफ्नो विभिन्न किसिमका हतियार प्रदर्शन गर्न उत्साहित रहेको विश्लेषकहरुको भनाइ छ ।

उत्तर कोरियाले सन् २०२२ मा कीर्तिमानी संख्यामा हतियार परीक्षण गरेको थियो । र यो वर्ष पनि उसले आफ्नो सैन्य गतिलाई कायम राखेको छ ।

अमेरिका र दक्षिण कोरियाले पछिल्लो समय ठूलो संख्यामा सैन्य अभ्यास गरिरहेका छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid