April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

उत्तर कोरियाद्वारा पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोन परीक्षण

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:४८
उत्तर कोरियाद्वारा पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोन परीक्षण

एजेन्सी । उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोनको परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम ‘केसीएनए’ का अनुसार यही अप्रिल ४ देखि ७ तारिखसम्म पछिल्लो परीक्षण गरिएको हो ।

हाएइल–१ नामको पानीमुनि आक्रमण गर्ने नयाँ ड्रोन प्रणालीको विकास गरेको खुलासा भएको हप्ता दिनपछि नै उत्तर कोरियाले हाएइल–२ को परीक्षण गरेको हो ।

पानीमा लुकेर सत्रुलाई आक्रमण गर्न यसको डिजाइन गरिएको बताइएको छ । रिपोर्टका अनुसार ड्रोन ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरेको थियो ।

त्यसपछि पूर्वी तटमा विस्फोटमा ध्वस्त भएको थियो । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।

किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

यो हतियारबाट शत्रुका जहाज र बन्दरगाहमा ठुलो मात्रामा रेडियोधर्मी तरङ्ग छोड्न सकिने दाबी गरिएको छ ।

अमेरिका र दक्षिण कोरियाविरुद्ध उत्तर कोरिया आफ्नो विभिन्न किसिमका हतियार प्रदर्शन गर्न उत्साहित रहेको विश्लेषकहरुको भनाइ छ ।

उत्तर कोरियाले सन् २०२२ मा कीर्तिमानी संख्यामा हतियार परीक्षण गरेको थियो । र यो वर्ष पनि उसले आफ्नो सैन्य गतिलाई कायम राखेको छ ।

अमेरिका र दक्षिण कोरियाले पछिल्लो समय ठूलो संख्यामा सैन्य अभ्यास गरिरहेका छन् ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट