July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौंका मेयर बालेन शाह जुम्ल्याहा बच्चाको बुवा बन्दै

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:२२
काठमाडौंका मेयर बालेन शाह जुम्ल्याहा बच्चाको बुवा बन्दै

काठमाडौ 

महानगरपालिकाका मेयर बालेन शाह र सविना काफ्ले बुवाआमा बन्न लागेसंगै शाहको जीवनमा अर्को खुसीयाली थपिदैछ। निकट स्रोतका अनुसार भिडियो एक्सरेमा सविनाको पेटमा जुम्ल्याहा बच्चा देखिएका छन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलोचोटि बुवा–आमा बन्न लागेका हुन् । नेपालको राजनीति तथा सिस्टम देखि वाक्क भएका काठमाडौंका स्थानीयलेले बालेन शाहलाई खुलेर साथ दिएर काठमाडौको मेयर पद समेत जिताएका थिए ।

राजनीतिमा छोटो समयमा छलाङ मारेका बालेनको विवाह गरेको ५ वर्षपछि बालेन पत्नी सविना काफ्ले पहिलोचोटि बुवा–आमा बन्न लागेका हुन् । बालेन पत्नी सविना उर्लाबारीकी रेडियो प्रस्तोता समेत थिइन् । पब्लिक हेल्थमा मास्टर्स गरेकी उनले विभिन्न संघ–संस्थाहरूमा पनि काम गरेकी छन् ।

उनी लेखिका पनि हुन् । उनको ‘दीप–लता’ नामको उपन्यास प्रकाशित छ । सामाजिक सञ्जालमा पनि उनी आफ्ना कथा–कविताहरू सेयर गर्छिन् । केही समयदेखि उनी घरै बसेर गृहणीको भूमिका निभाइरहेकी थिइन् । जसरी बालेन शाह राजनीतिमा प्रवेश गरे र उनको चर्चा सुरु भयो, त्यसै गरी बालेन पत्नी सविनाको समेत त्यतिबेला देखि चर्चा सुरु भएको थियो ।

लामो समय सम्म आमा बुवा नबनेका बालेन शाह र सविना अन्तः आमा बुवा बन्दैछन् । बालेन सविनाको शुभ चिन्तक तथा आफन्तीले यति बेला ढिलो आयो कडा आयो सम्मका बधाई दिन समेत भ्याइसकेका छन् । टिकटकमा केही दिनअघि आएको एउटा भिडिओले बालेन र सविना सन्तानलाभको क्रममा रहेको संकेत गरेको थियो ।

किनकी यसै वर्ष बालेन राजनीतिमा आएर जनताको सर्वाधिक मत ल्याएर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भए भने यता फेरि जुम्ल्याहा सन्तानको बुवा बन्दैछन। गायनमा राम्रो चर्चा पाएका बालेनले यता राजनीतिमा आएर पनि छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएका छन्।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्