May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:१८
कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका-६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

उनी अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रमा एसईई परीक्षा दिएर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

जिपमा सवार चुुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् । उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु पनि एसईई दिइएर घर फर्किरहेका थिए ।

जिप चालक चुरे गाउँपालिका बस्ने १९ वर्षीय नरसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।