May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

‘लु लानूस्, काफल काफल’

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:५२
‘लु लानूस्, काफल काफल’

दुल्लु। दैलेख–सुर्खेत सडक छेउछाउ यति बेला काफल मेला लाग्ने गरेको छ। चैत, वैशाख महिनामा यस सडक वरपरका रातानाङ्ला, रानीमत्ता, गुराँसे, गाईबान्ना, डबलगैरा, घोडाबास आसपासका घुम्तीमा काफल मेला लाग्छ। सडक छेउमा लाम लागेर बालबालिका, युवा र पाका उमेरका मानिस काफल बेच्न व्यस्त हुन्छन्, ‘लु लानूस् काफल काफल।’

यो मौसममा काफल बेचेर कतिपयले राम्रै आम्दानी पनि गरेको पाइन्छ। गुराँस गाउँपालिका–४, गाईबान्नाकी मनीषाकुमारी उपाध्यायले केही वर्षदेखि काफल बेच्दै घरखर्च चलाउँदै आउनुभएको छ। उहाँले भन्नुभयो, “अरू बेला तरकारी बेच्छु। यो मौसममा काफल, चुत्रो, ऐँसेलु बेचेर आम्दानी गर्छु।”

सडकमा यात्रा गर्नेले समेत मौसमअनुसारको झरिला काफल, चुत्रो र ऐँसेलु खुसीसाथ लिन्छन्। स्थानीय शान्ति खत्रीले सुर्खेत–दैलेख सडक निर्माणपछि बाटोमा तरकारी र फलफूल बिक्री गरेर आम्दानी गर्न सहज भएको बताउनुभयो।

सो स्थानमा काफल मात्रै होइन गुराँस बिक्री हुन्छ। वरिपरिका किसानले आलु, टमाटर, काउली ल्याएर बिक्री गर्ने गरेका छन्। निउरो, डौंडे, घिउ, दही, दूधसमेत बिक्री गर्ने थलोका रूपमा सडक किनार विकास हुँदै गएको छ। स्थानीय उपेन्द्र दर्लामीले चराले खाएर खेर जाने काफल, चुत्रो, ऐँसेलु बेचेर घरखर्च चलाउन सहयोग पुग्ने गरी आम्दानी गर्न सफल भएको बताउनुभयो।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।