May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

प्रज्ञा प्रतिष्ठानले गर्यो ८ जना स्रष्टालाई सम्मान

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:१६
प्रज्ञा प्रतिष्ठानले गर्यो ८ जना स्रष्टालाई सम्मान

भरतपुर

महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा–साहित्य, कला, संस्कृतिका क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई १ लाख ७८ रूपैयाँ नगदसहित नारायणी प्रज्ञा सम्मानबाट सम्मानित गरेको छ। नन्दनका ८ वटा कृतिहरू प्रकाशन भएका छन्। उनका ४० वटा गीतहरु रेकर्ड भएका छन्।

प्रतिष्ठानले वरिष्ठ रंगकर्मी ऋद्धिचरण श्रेष्ठलाई ५० हजार ७८ रुपैयाँ नगदसहित भरतपुर प्रज्ञा सम्मान प्रदान गरेको छ। श्रेष्ठले ६० भन्दा बढी चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका छन्।
त्यस्तै वरिष्ठ समाजशास्त्री तथा लोक संस्कृति अन्वेषक डिल्लीराम पोखरेल (डी. आर. पोखरेल) नगद ५० हजार ७८ रुपैयाँसहित कृष्ण बम मल्ल प्रज्ञा सम्मान प्रदान गरिएको छ। उनका २० वटा कृतिहरू प्रकाशन भएका छन्।

त्यसैगरी प्रतिष्ठानले प्रा.डा.लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक कृति चितवनको साहित्यिक रूपरेखालाई नगद ५० हजार ७८ रुपैयाँ र सम्मान पत्रसहित चित्रवन प्रज्ञा पुरस्कार प्रदान गरेको छ। त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा कार्यरत गौतमले चितवनको साहित्यलाई मूलधारको साहित्यसँग जोड्ने काम गर्दै आएका छन्।

याँसहित प्रा.डा. एकनारायण पौडेलको निसमालोचनाः सिद्धान्त र प्रयोग निबन्धसङ्ग्रह, उपन्यासकार सिर्जन अविरलको मोक्ष उपन्यास, महाकाव्यकार पोषराज पौडेलको शुक्लागण्डकी महाकाव्यलाई भरतपुर महानगर प्रज्ञा पुरस्कार र गायत्री श्रेष्ठको गीतसङ्ग्रह ‘आफ्नै मनको सागरमा’लाई वागीश्वरी प्रज्ञा पुरस्कार प्रदान गरेको छ।

प्रज्ञा–प्रतिष्ठानको कुलपति रहेकी भरतपुर महानगरकी मेयर रेनु दाहालले पूर्वाधार विकाससँगै साहित्य, कला, संस्कृतिको विकासलाई पनि प्राथमिकतामा राखेर महानगरले काम गरिरहेको बताइन्। उनले कला, संस्कृति र साहित्यको सम्बर्द्धन तथा स्रष्टालाई सम्मानको कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताइन्।
भरतपुर महानगरपालिकाले २०७८ सालको चैत १५ गते प्रज्ञा प्रतिष्ठान स्थापना गरेको हो।

प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले महानगरले प्रतिष्ठानमार्फत साहित्यकारलाई पाण्डुलिपी प्रकाशनका लागि प्रोत्साहनस्वरूप १० देखि ३० हजार रुपैयाँसम्म सहयोग गरेको बताए। अहिलेसम्म १२ जना साहित्यकारले यो सुविधा उपयोग गरेका छन्।

प्रतिष्ठानले जिल्लाका साहित्यकार, कलाकारहरुको परिचयात्मक पुस्तक वाङ्मय कोष पनि प्रकाशन गर्दैछ। थपलियाले भरतपुर प्रज्ञा जर्नल र महानगर साहित्य दर्पण भाग–२ पनि प्रकाशनको क्रममा रहेको जानकारी दिए।

 

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट