May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै

प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:२0
प्रधानमन्त्री मोदीको सुरक्षामा खटिएका ६ जना प्रहरीको दुर्घटनामा मृत्यु
  • सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु
  • मोदीको बैठकमा ड्युटीका लागि गएका प्रहरी
  • ७  प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएपछि… 

राजस्थान ।।

राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ । राजस्थान प्रहरीका अतिरिक्त निर्देशक गोविन्द पारीकका सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए।

राजस्थानका डीजीपी उमेश मिश्राले एक विज्ञप्ति जारी गर्दै दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको बताएका छन्। ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको उनले बताए । दुर्घटनामा परी नागौर जिल्लाको खिन्वसर थानाका प्रहरी जवान रामचन्द्र, कुम्भराम, थानाराम, लक्ष्मण सिंह र सुरेशको घटनास्थलमा मृत्यु भएको थियो ।डीजीपी मिश्राका अनुसार दुई घाइतेलाई ग्रीन कोरिडोरबाट जोधपुर एमडीएम अस्पताल लगिएको थियो । त्यसक्रममा बाटोमा एक जवानको मृत्यु भयो।

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट