sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:३४
एसइईमा नक्कली परीक्षार्थी राख्न ५० देखी ७० हजार रुपैंया असुली

सुनसरी ।  एसइईको परीक्षामा उत्तर पुस्तिका लेख्न आफ्नो सट्टा अरू व्यक्ति राख्न धरानका एजुकेसन कन्सल्टेन्सीहरूले परीक्षार्थी सँग ५० देखी ७० सत्तरी हजार रुपया सम्म असुली गर्ने गरेका छन् ।

प्रहरीले गएको साता मोरङ केराबारी स्थित सार्वजनिक मावि, झोराहाट स्थित सरस्वती मावि, सुन्दरहरैँचाको जनता मावि परीक्षा केन्द्रबाट २०१ जना नक्कली परीक्षार्थी पक्राउ गरेपछि उक्त कुरा खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले भने ‘एसइइ परीक्षा पास गराउने प्रलोभन देखाएर विद्यार्थीसँग ५० हजार देखि ७० हजार सम्म शुल्क लिने गरेको रहेछ ।’ यसरी रकम असुलेर नक्कली परीक्षार्थी राख्ने काम धरानका निजी कन्सल्टेन्सीहरू भएको उनले बताए ।

उनका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीको आधारमा डल्फिन एकेडेमीका सञ्चालक सन्तोष राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । डिएसपी दाहालले भने ‘अन्य सञ्चालक फरार रहेकाले खोजी भइरहेको छ, पक्राउ नपरे सम्म उनीहरूको नाम गोप्य राखिएको छ ।’

मोरङको परीक्षा केन्द्रहरूमा पक्राउ परेका नक्कली परीक्षार्थीहरू खटाउने धरानका डल्फिन सहित ४ वटा कन्सल्टेन्सी रहेको प्रहरीले जानकारी दिएको छ । ३ कन्सल्टेन्सी सञ्चालक फरार रहेको बताइएको छ ।

धरानका प्यासिफिक एकेडेमी, टेरेसा एजुकेसन कन्सल्टेन्सी, युनिक धरान एजुकेशनले नक्कली परीक्षार्थी परिचालन गरेको डिएसपी दाहालले बताए । नक्कली परीक्षार्थी खोज्नेदेखि प्रवेश पत्रमा नक्कली परीक्षार्थीको फोटो टास्नेसम्म काम कन्सल्टेन्सीले गर्ने उनले बताए ।

यस घट्नाले पूर्वको शैक्षिक हब भनिएको धरानमा शिक्षाको व्यापारी करणले सीमा नाघेको पुष्टि गरेको छ । पूर्वका पहाडी जिल्लाहरूबाट गुणस्तरीय शिक्षाको खोजीमा आउनेहरूलाई यस्तो धन्धाले गलत बाटो देखाउँछ ।

शैक्षिक परामर्शको नाममा खुलेका संस्थाहरू शैक्षिक माफियाको हातमा गइरहेको छ कि भन्ने यस घटना आशङ्का बढाएको डिएसपी दाहालले बताए । उनले भने ‘यो घटनाले परीक्षा प्रणालीकै बारेमा सोच्न बाध्य बनाएको छ ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid