May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कर्णालीमा एमाले सत्ताबाट बाहिरियो

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:५0
कर्णालीमा एमाले सत्ताबाट बाहिरियो

सुर्खेत- कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई आज सत्ता साझेदार दलका तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिएएको हो ।

राजीनामा बुझाउनेमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहनु भएको छ ।

केन्द्रमा पुरानो टुटेर नयाँ गठबन्धन बनेसँगै कर्णालीमा पनि एमाले अब प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने निश्चित भएको हो । केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित अब नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागि हुने बताईएको छ ।

एमाले सत्ताबाट बाहिरिएसँगै नयाँ समीकरण अनुसार कर्णालीमा सरकार गठनको बाटो अब खुलेको हो । यसअघि केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।