November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार घुससहित अख्तियार इटहरीको नियन्त्रणमा

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ २0:0६
बर्जु गाउँपालिकाका इञ्जिनियर २० हजार घुससहित अख्तियार इटहरीको नियन्त्रणमा

इनरुवा । सुनसरीस्थित बर्जु गाउँपालिकाका इञ्जिनियर अजय मेहतालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ ।

मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार घुससहित विराटनगरबाट पक्राउ गरेको हो ।

घरनक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको आरोपमा मेहतालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार मेहतालाई विराटनगरको जामुनगाछि पुलचोकबाट पक्राउ गरेको हो ।

सुनसरीको देवानगञ्ज घर भएका मेहता छैटौं तहका कर्मचारी हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बताइएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ २0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्