May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै

मनमा गहिरो चोट पुगेको छ : प्रकाश सपुत

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १५:३0
मनमा गहिरो चोट पुगेको छ : प्रकाश सपुत
  • प्रकाश सपुतमाथि नेपाली युवकले बोतल प्रहार गरेका थिए ।
  • यात्रा सजिलो छैन भन्ने त थाहा छ, तर यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’ : सपुत

काठमाडौं ।।

गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए । त्यहाँको प्रहरीमा दिएको उजुरी पनि सपुतकै आग्रहमा फिर्ता लिइयो । क्यान बियरको बोतल प्रहारको उक्त घटनाले विश्वभरका नेपाली समुदायमाझ चर्चा पायो ।

यो घटनाको केही दिनमै गायक सपुतले उक्त घटना र त्यसले पारेको असरबारे औपचारिक प्रतिक्रिया दिएका छन् । उक्त घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको भन्दै सपुतले अहिले मानसिक रुपमा आफू विक्षिप्त भएको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले मानिसलाई मनोरञ्जन प्रदान गर्न, प्रेम र खुसी बाँड्न कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न नसक्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिको जीवनमा आइपर्ने यस्ता घटना र किस्सा पढ्दै, सुन्दै आएको हो । तर स्वयं आफू चाहि तयार भइसकेको रहेनछु । भर्खर यात्रा सुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ, तर यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’

कोभिडपछि आफूले पटक-पटक यस्तो डर र एन्जाइटीलाई जित्दै आएको उल्लेख गर्दै मानसिक स्वास्थ्यको पनि कुरा गरेका छन् । उक्त पोस्टमा उनले रोमानियामा रहेको एक इटालियन रेस्टुरेन्टमा काम गर्ने नेपाली कामदारसँगको तस्वीर पनि प्रस्तुत गरेका छन् ।

सपुतमाथि बोतल प्रहार भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कूटनीतिक नियोगको ध्यानाकर्षण गराएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, असार १५, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।