June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

माओवादीका दलहरूको बैठक: बालुवाटार

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ 0९:५७
माओवादीका दलहरूको बैठक: बालुवाटार

काठमाडौं ः

नेकपा माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

शुक्रबार बिहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डलगायत, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ’आहुती’, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायतका सहभागी छन्।

प्रधानमन्त्री प्रचण्डमाथि सर्वोच्च अदालतमा जनयुद्धकालीन विषयमा रिट परेपछि माओवादी धारका दलको बैठक यसअघि पनि बसेको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको ८ दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको थियो।

सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न शुक्रबार आदेश दिएपछि माओवादी वृत तरङ्गित भएको हो।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तीन वर्षअघि टुँडिखेलबाट घोषणा गरेका थिए –‘जनयुद्धका क्रममा मारिएका पाँच हजार मान्छेको जिम्मा म लिन्छु।’

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा प्रचण्डले भने– ‘म तथ्यांकमात्रै सच्याउन चाहन्छु, मलाई १७ हजार मान्छे मारेर आएको भन्ने गरिएको छ, यो सत्य होइन। सत्य के हो, मलाई भन्न दिनुस्। हिजोका सामन्ती राजा र शासकहरूले १२ हजार मान्छे मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने लिन्छु।’

सार्वजनिक कार्यक्रममै प्रचण्डले मान्छे मारेको जिम्मा लिएपछि पीडित कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका हुन्।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ 0९:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।