May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:५७
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन् ।
मंगलबार प्रेस सेन्टर रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताका हुन् ।

“मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ”, उनले भने, “संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।”

उनले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताए । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उनको भनाइ छ ।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताए । यो पूरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

“यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ”, उनले भने , “यसका लागि हामी फेरि पनि संसद्मा प्रवेश गरेका छौँ, यो कामलाई पूर्णता दिन्छौँ ”

उनले अर्थतन्त्रमा तत्काल देखा परेका समस्यालाई समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरूसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

“अर्थतन्त्र सुधारमा प्रधानमन्त्री आफै अग्रसर हुनुहुन्छ, मन्त्रिपरिषद्ले मूलभूत रूपमा पूर्णता पाएको अवस्थामा अब हामी समृद्धिको लक्ष्य पूरा गर्न समर्पित रूपमा लाग्नेछौँ”, उनले भने ।

उनले आफूले गृहमन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस् भनी आफू सतर्क रहेको बताए ।

“जनतालाई सहज ढङ्गले सेवा दिने र शान्ति सुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौँ”, उनले भने “यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गछौँ ।”

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट