April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको फुटबलमा फराकिलो जित

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:५६
मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको फुटबलमा फराकिलो जित

काठमाडौं

साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ। ललितपुरको च्यासल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। मच्छिन्द्रको प्रभावशाली जितमा ओलावाले आफिजले पाँच गोल गरे। जारी लिगमा उनको पहिलो ह्याट्रिक हो। यस्तै विमल घर्तीमगर र विजय भुजेलले एक–एक गोल थपे। खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए।

ओलावालेले खेलको २५औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। २९औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको इन्जुरी समयमा विमल घर्तीमगरले गोल गर्दै मच्छिन्द्रको अग्रता बढाएका थिए। ५६औं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गरेका थिए। उनले पेनाल्टीमा गोल गर्दै मच्छिन्द्रलाई ४–० को अग्रता दिलाएका थिए। ६१औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई खेलमा फर्काएका थिए। त्यसको एक मिनेटलगत्तै ओलावालेले चौथो गोल गर्दै मच्छिन्द्रलाई ५–१ को अग्रता दिलाएका थिए।

खेलको ६७औं मिनेटमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गरेका थिए। उनको गोलसँगै मच्छिन्द्रले ६–१ को अग्रता बनाएको थियो। नाइजेरियन स्ट्राइकर ओलावाले जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्। उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पनि उक्लिएका छन्।

उनले अहिलेसम्म आठ गोल गरिसकेका छन्। ७६औं मिनेटमा स्टेफन बिनोङले गोल गर्दै मच्छिन्द्रको अग्रता कम गरेका थिए। ८१औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६–३ को स्थितिमा ल्याएका थिए। त्यसपछि खेलको ८७औं मिनेटमा विजय भुजेलले गोल गर्दै मच्छिन्द्रलाई ७–३ को जित दिलाए। जारी लिगमा मच्छिन्द्रको तेस्रो जित हो। मच्छिन्द्रले आठ खेलमा १२ अंक जोडेको छ। मच्छिन्द्र लिगको छैटौं स्थानमा उक्लिएको छ। खुमलटारले भने पाँचौं हार बेहोरेको छ। आठ खेलमा सात अंक जोडेको खुमलटार १०औं स्थानमा छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट