May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

७५ वटा सिँढी हातले टेकी दौडेर राखे कीर्तिमान

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १७:१0
७५ वटा सिँढी हातले टेकी दौडेर राखे कीर्तिमान
  • गिरीले हातले टेकी सबैभन्दा छिटो सिँढी ओर्लेर कीर्तिमान बनाएका छन् ।
  • गिनिज वर्ल्ड रेकर्ड्सले त्यसलाई आज सार्वजनिक गरेको हो । 

काठमाडौं ।।

नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लेर कीर्तिमान बनाएका छन् । उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए ।

बल र सन्तुलनको प्रयोग गरेर उनले असाधारण उपलब्धी हासिल गरेको गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ । उसका अनुसार यसअघि अमेरिकाका मार्क केनीले ३०.८ सेकेन्डमा बनाएको कीर्तिमान गिरीले तोडेका हुन् ।

उनले गत जेठमा नै यो कीर्तिमान बनाएको भए पनि गिनिज वर्ल्ड रेकर्ड्सले त्यसलाई आज सार्वजनिक गरेको हो । खुट्टा माथि गरेर मात्र हात टेकेर उच्च गतिमा सिँढी ओर्लनु अत्यन्त खतरनाक र गाह्रो रहे पनि हरिले अभ्यासबाट यसलाई सहजै पूरा गरेका गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ ।

गिरीले आठ वर्षको उमेरदेखि नै हातले टेकेर हिँड्ने अभ्यास गर्दै आएका थिए । उनले दर्ता गरेको यो चौथो विश्व कीर्तिमान हो । यसअघि उनले हातले टेकेर ५० वटा सिँढी ओर्लने, खुट्टाको बीचमा बल च्यापेर हातले मात्र टेकेर ५० मिटर हिँड्ने र १० मिटर हिँड्ने विधामा पनि कीर्तिमान कायम गरिसकेका छन् ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।