September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

कुखुरा फार्मले १० गाउँमा दुर्गन्ध

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १२:३२
कुखुरा फार्मले १० गाउँमा दुर्गन्ध

वीरगन्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालि बन्द गर्न गाउँपालिका कार्यालयले निर्देशन दिए पनि फार्म सञ्चालकले भने त्यसलाई अटेरी गरेका छन्।

गाउँपालिकाले निर्देशन दिंदासमेत फार्म सञ्चालकले अटेरी गरी फार्म सञ्चालनमै राखेपछि स्थानीयवासी थप आक्रोशति बनेका छन्। उनीहरुले बुधबार फेरि फार्म बन्दको माग गर्दै फार्मको मूल गेटअगाडि प्रदर्शन गरेका छन्।

फार्मबाट निस्कने दुर्गन्ध र झिंगाको प्रकोपबाट फार्म आसपासका करिब १० गाँउका स्थानीय पीडित भएपछि गाउँपालिका कार्यालयले चैत ९ मा पत्र लेख्दै १५ दिनभित्र फार्म बन्द गर्न निर्देशन दिएको थियो। तर फार्म सञ्चालकले पालिकाले दिएको १५ दिनको म्याद चैत २४ गतेनै सकिएको भए पनि फार्म सञ्लनमै राखेको छ।
पालिकाको निर्देशन अनुसार कुखुरा फार्म बन्द गर्नुको सट्टा सञ्चालकले चैत २३ मा पालिकालाई पत्र लेखेर दुर्गन्ध र झिंगाको प्रकोप व्यवस्थापन गरिरहेको जानकारी गराएका थियो।

त्यही पत्र अनुसार बुधबार पालिका सहितको सरकारी निकायको टोलीले फार्मको अनुगमन र निरीक्षण गर्न पुग्दा पीडित स्थानीयले फार्म पूर्ण रुपमा बन्द नै गर्नु पर्ने माग राखेर फार्म अगाडि नाराबाजी गर्दै प्रदर्शन पनि गरेका हुन्।
बुधबार अनुगमन गरेका गाँउपालिका अध्यक्ष दिनेश चौधरीले पनि उक्त कुखुरा फार्म बन्द नै गर्नु पर्ने बताए। उनले भने, ‘फार्म सञ्चालकले सुधार गरिएको भन्दै हामीलाई आग्रहसहितको चिठी पठायो , एकपटक हेरौं न त भनेर हामीले बुधबार अनुगमन गर्यौं तर सुधार भएको देखिएन। त्यस कारण यो फार्म बन्द गर्नुको विकल्प नै छैन।’

अनुगमन टोलीले एकदुई दिनमै प्रतिवेदन तयार पारेर पालिकालाई दिने र त्यसकै आधारमा पालिकाले फार्म बन्द गराउनका लागि प्रकृया अगाडि बढाउने जानकारी पनि उनले दिए। चौधरीले भने, ‘एउटा फार्मको कारण १० हजार जनता नर्कमा बसिरहेका छन्। जनतालाई सास्ती पु¥याउने यस्ता उद्योग कारखाना पालिकामा चाहिंदैन। बन्द नै गर्नुपर्छ।’

बुधबारको अनुगमन टोलीमा पालिका अध्यक्ष चौधरीसँगै पालिका उपाध्यक्ष ममता महत्तो थारु, घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका प्रमुख धनञ्जय सिंह, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत धनसुन्दर प्रसाद सिंह, जिल्ला प्रशासन कार्यालय पर्साको उजुरी शाखाका शीवशंकर साह, वडाध्यक्ष विजय गैरे सहभागी थिए।

बुधबारको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय वीरगन्जका प्रमुख सिंहले पनि प्रतिवेदन बनाएर एकदुई दिनमै पालिकामा पेश गर्ने र त्यसपछि कानूनसम्मतरूपमा फार्म विरुद्ध कारबाही प्रकृया अगाडि बढाउने बताए।

उक्त कुखुरा फार्मले कुखुराको सुली , मरेका कुखुरा र अन्य फोहोरको व्यवस्थापन नगरिदिंदा त्यसको दुर्गन्ध र झिंगाको आतंकले पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ र ३ का करिब १ हजार घरपरिवारको दैनिकी विगत ६ वर्षदेखि कष्टकर छ। दुर्गन्ध र झिंगा प्रकोपका कारण वडा नम्बर २ र ३ का बस्तीहरु महामारीको उच्च जाोखीममा पनि छन्।

दुर्गन्ध र झिंगाको प्रकोप व्यवस्थित गर्न गाउँपालिका कार्यालयले पटक पटक पत्र नै लेखेर फार्म सञ्चालकको ध्यानाकर्षण गराएको भए पनि अटेरी गरिएपछि अब उक्त फार्म बन्द नै गर्नु पर्ने निष्कर्षमा पालिका पुगेको वडाध्यक्ष विजय गैरेले बताए।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्