April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

रविलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:१४
रविलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र
  • रवि लामिछानेलाई (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझायो 
  • नेपाली नागरिकता लिएकाहरुलाई पार्टीको तर्फबाट सहजीकरण गरिदिन आग्रह
  •  नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन अनुरोध 

लन्डन ।।

बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलबार अल्डरशटमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता लिँदा आएका समस्याहरुमा पार्टीको तर्फबाट सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

संघको तर्फबाट दिइएको ज्ञापनपत्रमा संविधानमै व्यवस्था भएबमोजिम आम नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार उपभोगमा सहजीकरण गरिदिन, गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि अध्यागमन विभागमार्फत कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन पहल गरिदिन आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा गैरआवासीय नेपाली नागरिकलाई समेत नेपाली सरह बैंक खाता खोल्न र सञ्चालन गर्न नेपाल राष्ट्र बैंकमार्फत परिपत्र, नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरासहित कम्पनी रजिष्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन आग्रह गरिएको छ । लामिछानेले ज्ञापनपत्र बुझ्दै गैरआवासीय नेपालीका मागको बारेमा आफू जानकार रहेको बताउँदै अगामी दिनमा इमान्दार भएर गैरआवासीय नेपालीको हक र हितका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।