sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिस नेपाल–२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:१६
मिस नेपाल–२०२३ को प्रतिस्पर्धा, ‘पपुलर च्वाइस’ विधामा मतदान सुरु

काठमाडौं । मिस नेपाल–२०२३ को प्रतिस्पर्धा आज देखि औपचारिक रुपमा सुरु भएको छ । ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् ।

सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा प्रवेशको मौका पाउनेछिन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले दर्शकले खल्ती एपमार्फत मतदान गर्न सक्ने बताए । बढीभन्दा बढी भोट पाउन प्रतिस्पर्धीले सामाजिक सञ्जालदेखि सार्वजनिक थलोमा समेत अभियान चलाइरहेका छन् भने भोटका लागि अपील गरिरहेका छन् ।

सिधै फाइनलमा प्रवेश गर्न सकिने भएकाले पनि यो विधामा जित निकाल्न सुन्दरीबीच प्रतिस्पर्धा चल्ने गर्छ । फाइनल पुग्ने छोटो बाटो भएकाले पनि मिस पपुलर च्वाइस विधा जित्नैपर्ने दबाब प्रतिस्पर्धीमाझ छ ।

ग्राण्ड फिनाले हुने दिन जेठ १३ गते बेलुका ५ बजेसम्म दर्शकले यो विधामा मतदान गर्न पाउनेछन् । ‘अब अन्य विधाको प्रतिस्पर्धाको लागि पनि हामी तयारीमा छौं,’ निर्देशक कंसाकारले भने । पहिलोपटक मिस नेपालका दुई विधाको प्रतिस्पर्धा यसपटक पोखरामा हुँदैछ ।

यस वर्षको मिस नेपालमा प्रतिस्पर्धी अंकअनुसार क्रमशः राइना मजगैंया, स्मारिका कार्की, प्रज्ञा बज्राचार्य, कविना श्रेष्ठ, आयुषा महर्जन, कीर्ति बर्तौला, सुधा देवकोटा, प्रसिद्धि शाह, सृष्टि हाडा, सदीक्षा थापा, वर्षा गौतम, उन्नति गुरुङ, आयुष्मा बराल, रजनी मिश्र, होलिस्का कोइराला, स्वीञ्जा सुनाम, श्रीच्छा प्रधान, गृष्मा अधिकारी, अपेक्षा खतिवडा, कीर्तिका बस्नेत, ऐश्वर्य श्रेष्ठ, छिरिङ डोल्मा पाख्रिन, सुहानी खड्का क्षेत्री र प्रीतिका खड्का प्रतिस्पर्धामा छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid