October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:३१
ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।

बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो ।

गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेको थियो ।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्रा.डा.कुशुम शाक्यले हाललाई उक्त निर्णय स्थगन भएको जानकारी दिइन् । उनले भनिन् ‘हाललाई निर्णय नम्बर ९९ स्थगन भएको छ । थप निर्णयको लागि समितिले गरेको सिफारिस अनुसार हुन्छ ।’

परिषद्ले थप निर्णय गर्नको लागि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख डा.पशुपति अधिकारीको संयोकत्वमा अध्ययन समिति गठन गरेको छ । उक्त समितिले सुझाव दिए अनुसार परिषद्ले निर्णय गर्नेछ ।

विद्यार्थीहरूको कलेज स्थानान्तरण गर्नेसम्बन्धी परिषदको उक्त निर्णय नं. ९९ गलत भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार बसेको त्रिवि प्राज्ञिक परिषदले निर्णय स्थगन गरेको हो ।

परिषदको निर्णय स्थगनसँगै हाललाई विद्यार्थीहरूको कलेज स्थानान्तरण पहिला हुँदै आएको व्यवस्था बमोजिम नै हुनेछ । परिषदले बिना छलफल ट्रान्सफर रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्