sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

औसत बर्सेनि ३ लाख ५० हजार युवा विदेश जान बाध्य

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:५५
औसत बर्सेनि ३ लाख ५० हजार युवा विदेश जान बाध्य

काठमाडौं ।  नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीले धानेको छ। दैनिक २२ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार एक दशकमा ३५ लाख नेपाली रोजगारीका लागि बिदेसिएका छन्। स्वदेशमा रोजगारी सिर्जना हुन नसक्दा बाध्यात्मक रूपमा उनीहरू विदेश गएका हुन्।
बर्सेनि पाँच लाख बढी श्रमबजारमा आउँछन्। त्यसमध्ये केही हजारले पनि स्वदेशमा रोजगारी पाउँदैनन्। शिक्षित र दक्ष युवाहरू पनि बिदेसिएका छन्। अर्ध बेरोजगारका कारण स्वदेशमा काम पाएका धेरै युवाहरू पनि उतै हानिएका छन्।

२०७० को दशकमा संविधान बन्यो। २०७२ मा संविधान बने पनि त्यसपछिका सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्नै वास्ता गरेनन्। आर्थिक क्रियाकलाप बढ्न नसक्दा युवाहरू बिदेसिन बाध्य भए। सरकारले पछिल्लो आधा दशकदेखि सय दिने रोजगारी दिने अभियान सुरु ग¥यो। सूचीकृत भएका अधिकांश युवाले सय दिन मात्र होइन, केही दिनमात्रै पनि रोजगारी पाउन सकेका छैनन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल रोजगारी सिर्जना हुन नसकेको स्विकार्छन्। यो दशकमा ९० लाख युवा कुनै आर्थिक गतिविधिमा संलग्न पाएनन्। संविधानको धारा ३३ मा सबै नागरिकलाई रोजगारीको हकको व्यवस्था गरे पनि रोजगारी सिर्जना गर्न कुनै पनि सरकारले योजना ल्याउन सकेनन्। अर्थविद् डा. दिनेशचन्द्र देवकोटा भन्छन्, ‘हामीले युवालाई जोड्न सकेनौं, संरचनामा सुधार र परिवर्तन नहुँदा यस्तो परिणाम देखियो।’

श्रमविज्ञ डा. गणेश गुरुङ कलकारखाना बन्द हुँदा आन्तरिक रोजगारीका अवसर गुमेको बताउँछन्। सरकारले सबैलाई सीप, सबैलाई रोजगार कार्यक्रम सञ्चालन गरे पनि घोषणा कागजमै सीमित छ। आम्दानी बढाउने तथा स्वदेशमै युवालाई रोक्ने गरी रोजगारी सिर्जना हुन नसकेको श्रमविज्ञ गुरुङको भनाइ छ।

१५ औं योजनाले रोजगारीको स्पष्ट व्यवस्था गरेको छ। तर, कार्यान्वयन हुन सकेको छैन। सबै नागरिकलाई मर्यादित र उत्पादनशील रोजगारीका अवसर उपलब्ध गराउने, बेरोजगारको दर तथा श्रमको अल्प उपयोगलाई घटाउने, स्थानीय तहदेखि रोजगारीका कार्यक्रम उपलब्ध गराउने, कानुनको कार्यान्वयन गर्ने उल्लेख गरिए पनि कार्यान्वयनमा कसैको ध्यान गएको छैन।

एक दशकमा ३५ लाख युवा वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाउँछ। औसतमा हिसाब गर्दा बर्सेनि ३ लाख ५० हजार युवा विदेश जान बाध्य छन्। रेमिट्यान्सले मुलुक धानेको छ। राजनीतिज्ञ तथा कर्मचारी स्वदेशमा रोजगारी सिर्जना गर्न कुनै कदमै चाल्दैनन्। निजी क्षेत्रले सजिलो बाटो खोजिरहेको छ।

उद्योगधन्दा छोडेर व्यापारतर्फ निजी क्षेत्र केन्द्रित हुँदा सहकारी क्षेत्रले पनि उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न र सदस्यलाई उद्यमी बनाउन यो दशकमा कुनै काम गर्न सकेनन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid