April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

गोविन्दा सय अटो रिक्सा किन्न चाहन्थे

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:0२
गोविन्दा सय अटो रिक्सा किन्न चाहन्थे

गोविन्दा बलिउडका चर्चित कलाकार हुन्। उनले एक समयमा बलिउड फिल्म उद्योगमा उत्कृष्ट फिल्म दिएका छन्। उनी आफ्नो समयका सुपरहिट स्टार थिए।

अभिनेताले चलचित्रमा काम गर्दा धेरै पैसा कमाए, जसको बारेमा उनका भाइले एउटा रमाइलो किस्सा सुनाएका छन्।

गोविन्दा सय अटो किन्न चाहन्थे

हालै गोविन्दाका भाइ कीर्तिले विनय पाठकको शो ‘हर घर कुछ कहता है’मा एउटा हास्यास्पद किस्सा सुनाए। उनले कार्यक्रममा भनेका थिए, ‘जब गोविन्दा ठूला अभिनेता बने, मैले उनको सेक्रेटरीको रूपमा काम गरेँ। मैले उनलाई आवश्यकताभन्दा धेरै फिल्म साइन गराउन लगाएको थिएँ।’

कीर्तिका अनुसार एक दिन गोविन्दाले कोठा बन्द गरेर सबै पैसा देखाए र बैंकको विवरण पनि देखाए। गोविन्दाले पैसाको के गर्ने भनेर सोचिरहेका थिए। त्यसपछि गोविन्दालाई १०० अटो रिक्सा किन्ने विचार आयो।

त्यसको केही समयपछि पुन: गाेविन्दले सय ट्रक किनौँ भनेर कीर्तिलाई प्रस्ताव राखेका थिए। कीर्तिले उक्त बखत पनि अटोरिक्सा अथवा ट्रक किनेर केही काम नलाग्ने बताएका थिए।

एकैपटक ७० वटा फिल्ममा साइन

गोविन्दाले केही समयअघि आफ्नो पहिलो डेब्यु फिल्मपछि ७० भन्दा बढी फिल्म साइन गरेको बताएका थिए। तर सेड्युल निकै टाइट भएकाले अन्य फिल्मका लागि समय नपाएपछि उनले केही चलचित्र छाड्नुपरेको थियो।

सन् १९८६ मा रिलिज भएको फिल्म इल्जामबाट गोविन्दाले बलिउडमा डेब्यू गरेका थिए। उनले १६५ भन्दा बढी फिल्ममा काम गरिसकेका छन्।

गाेविन्दा लाेकसभाका पूर्वसदस्यसमेत हुन्। उनी २००४ मा भारतीय राष्ट्रिय कंग्रेसमा आवद्ध भएका थिए।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट