May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

डिउटीमा खटिएका सइलाई खुकुरी प्रहार

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १0:५२
डिउटीमा खटिएका सइलाई खुकुरी प्रहार

धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको बताए ।

उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो । उनको बायाँ पाखुरामा चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कञ्जभोजस्थि जोगबुढा नदीको झोलुंगे पुलमाथि बसेर होहल्ला गरिरहेको अवस्थामा सम्झाइबुझाइ गर्दा खुकुरी प्रहार भएको बताए ।

चैसिर गस्तीमा खटिएको समयमा १०-१५ जनाको समूहले खुकुरी प्रहार गरेको बताउँदै एसपी रावलले उनीहरुको खोजी भइरहेको बताए ।

 

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।