May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

रवि लामिछानेले निर्वाचन हार्छ : महेश बस्नेत

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:0६
रवि लामिछानेले निर्वाचन हार्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन्।

लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको तर्क थियो। शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लामिछानेले मयूरको प्वाँख लगाएर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले उक्त निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढी रहेको बताए। उक्त चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उनको बुझाइ थियो।

नेता बस्नेतले भने, ‘चितवन २ का जनता नक्कली राष्ट्रवाद, अवसरवादी चरित्र, पब्लिक कन्जम्शनका लागि गरिने कुराबाट चितवन २ मुक्त हुन्छ। त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुन्छ। युवाहरूबीच पपुलर व्यक्ति रामप्रसाद न्यौपानेलाई हामीले उठाएका छौं। युवाहरूलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता छ। चितवनका जनताले रविलाई जिताउँदैनन्।’

नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गरे।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट