May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भए प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:५0
आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भएका छन्।
आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीनिवास बालकोटमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं अनुपस्थित भएका हुन्।
उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए।

आज  बिहान ९ बजे  प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो।
तर, बैठकका लागि भनेर सभामुखसहित  एमाले नेताहरू सबैजना समयमै  बालकोट पुगिसकेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले ९ः२० तिर आज बैठक बस्न नसक्ने जानकारी गराएको बर्तौंलाले जानकारी दिए।

बैठकमा प्रचण्ड र देउवा अनुपस्थित रहेको उनले बताए। सचेतक बर्तौंलाले संसदमा विचाराधीन विधेयक, संयुक्त समिति निर्माणलगायत  विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो।

एमालेले प्रमुख प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि तयार रहे पनि सरकारकै नेतृत्व भने  आफैँले बैठक बोलाएर बैठकप्रति उदासीन हुनु र  छलफल सम्बादलाई  प्राथमिकता नदिनु दुःखद् विषय भएको टिप्पणी गरेको छ।

‘उहाँहरू देशका सामु उभिएका  ज्वलन्त मुद्दाहरूलाई निष्कर्षमा  पुर्‍याउन सकारात्मक हुनुहुन्न र प्रचार एउटा गर्ने अनि काम चाहिँ अर्कै गर्दै छन् भन्ने कुरा यसले पनि प्रष्ट गराउँछ। आजको यो  बैठक प्रधानमन्त्री स्वयं ले नै बोलाउनुभएको थियोे,’ बर्तौंलाले भने।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।