May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

रात्री बजारलाई निरन्तरता दिने वीरगन्जमा महानगरको घोषणा

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:00
रात्री बजारलाई निरन्तरता दिने वीरगन्जमा महानगरको घोषणा

वीरगन्ज। वीरगन्जको व्यापार व्यवसाय चलायमान बनाउने उद्देश्यले पहिलो पटक आयोजना गरिएको रात्री बजार सफल भएको भन्दै वीरगन्ज महानगरपालिकाले यसलाई निरन्तरता दिने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले चैत ३० देखि बैशाख २ गतेसम्म तीनदिन पहिलो पटक रात्री बजार लगाएको थियो।

रात्री बजारमा उत्साहजनक जनसहभागिता र व्यापार भएका कारण आफूहरुको उद्देश्य सफल भएको मेयर राजेशमान सिंहले बताए। उनका अनुसार वीरगन्जमा अब हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार लाग्नेछ। यहि बैशाखको ३० र ३१ गते पनि दुई दिन रात्री बजार लगाउने उनले बताए।

मेयर सिंहले भने,‘हामीले पहिलोपटक परीक्षणका रुपमा तीनदिने रात्री बजार लगाएका थियौं, यो तीन दिनको रात्री बजारमा भएको जनसहभागीता र व्यापारको कारोबारबाट हामी हौसिएका छौं, त्यसैका कारण यसलाई निरन्तरता दिन लागेका हौं।’

रात्री बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानलले तीनदिने रात्री बजारमा करिब ३ लाख मानिसले सहभागीता जनाएको बताए। उनले भने,‘जितपुर , सिमरा र हेटौंडाबाट समेत मान्छेहरु यहाँ आएका थिए, भारतका सीमावर्ती शहरहरुबाट पनि पाहुनाहरु आएका थिए।’

रात्री बजार बिहारको रक्सौल, मेतिया, मोतीहारी र मुजफरपुरबाट गरि ५० हजार भारतीय आएको उनले बताए। तीनदिनको रात्री बजारमा भारतीयहरुलाई लक्षित गरी भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ला गरिएको थियो।
तीन दिनको रात्री बजारमा ठूला होटल र रेष्टुरेन्टबाहेक बजारमा लगाइएका स्टलहरुमा झण्डै तीन करोड रुपैयाँको कारोबार भएको पनि उनले बताए।

उनले भने,‘टेबुल र ठेलामा चाट, छोला भटुरा र पानीपुरी बेच्ने साना व्यापारीले मात्रै दिनको ३०÷३५ हजारको व्यापार गरेका छन्, ठूला होटल र रेष्टुरेण्टको समेत जोड्ने हो भने ४ करोड जतिको कारोबार भएको होला।’

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट