April 23, 2024 | मङ्लबार, बैशाख ११, २०८१
सुचनाहरु
सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु आईपीएल : राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ इलाम–२ मा स्वतन्त्र उम्मेदवार लिम्बुलाई समर्थन गर्ने आजपाकाे निर्णय नेप्से १५ अंकले घट्यो आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान भन्दै राप्रपा प्रवक्ताको व्यंग्य देउवाको एमालेलाई प्रश्न- मदन भण्डारीको हत्यारा किन नखोजेको ? विशेष अदालतले सफाइ दिएपछि मरासिनीलाई अर्थसचिवको जिम्मेवारी अर्थसचिव पुस्कर प्रधानमन्त्री कार्यालयमा गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्‍ने

बैंकिङ कसुर र अपराधमा पाँच हजार ३१२ मुद्दा दर्ता

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:0३
बैंकिङ कसुर र अपराधमा पाँच हजार ३१२ मुद्दा दर्ता

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा पाँच हजार ३१२ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका नौ हजार २५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए ।

“पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ,” उनले भने ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध ५७५, चोरीसम्बन्धी कसुर ४४५, लागुऔषध २६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २५७, आत्महत्यासम्बन्धी कसुर २३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर १४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।

परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार ३४३ मुद्दा दर्ता भएका थिए । रासस

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।