sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:५९
कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर (आन्तरिक) ९८ प्रतिशत मात्र उठेको छ ।

यस आर्थिक वर्ष (आव) को चैत महिनासम्म सरकारले ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ आन्तरिक राजस्व उठाएको छ । यो गत वर्षको तुलनामा ९८ प्रतिशत मात्र हो । सो आवमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न सफल भएको थियो ।
सरकारले चैतसम्म १ खर्ब ५० अर्ब मात्र आयकर उठाएको छ । गत वर्ष यसैअवधिसम्म १ खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ आयकर उठेको थियो । ब्याजकर २५ अर्ब २१ करोड रुपैयाँ उठेको छ । गत आवमा ब्याजकर १७ अर्ब ५६ करोड उठेको थियो ।

भ्याट भने ७८ अर्ब ८९ करोड रुपैयाँ मात्र उठेको छ । गत आवको यसै अवधिमा भ्याट ८० अर्ब ९१ करोड उठेको थियो । अन्तःशुल्क भने गत आवको तुलनामा केही बढेको छ । यस आवमा चैतसमम ७४ अर्ब २८ करोड उठेको छ । गत आवको चैतसम्म ७१ अर्ब ४९ करोड रुपैयाँ अन्तःशुल्क उठेको थियो ।

यो वर्ष राजस्व संकलनमा सरकार लक्ष्य भन्दा धेरै नै पछि छ । अहिले चालु आवको ७५ प्रतिशत समय ढल्किसकेको छ । तर, राजस्व संकलन भने लक्ष्यको आधा पनि उठेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म राजस्व ६ खर्ब ८३ अर्ब ८० करोड उठेको छ । यो कुल राजस्व संककन गर्न लिइएको लक्ष्यको मात्र ४८.७३ प्रतिशत हो । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid