sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इतिहासकै शक्तिशाली मस्कको स्टारसिप रकेट प्रक्षेपण आज

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:२३
इतिहासकै शक्तिशाली मस्कको स्टारसिप रकेट प्रक्षेपण आज

काठमाडौं । हालसम्मकै सबैभन्दा शक्तिशाली रकेटको आज पहिलो प्रक्षेपण गरिँदै छ । स्टारसिप नाम दिइएको यो रकेट अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्षसम्बन्धी काम गर्ने कम्पनी स्पेसएक्सले बनाएको हो ।

करिब १२० मिटर अग्लो यो रकेटले प्रक्षेपणका क्रममा निकाल्ने बल (थ्रस्ट) इतिहासका कुनै पनि रकेटभन्दा झन्डै दोब्बर हुनेछ । यात्रीरहित यो रकेट टेक्सासको बोका चिकाबाट प्रक्षेपण गरिनेछ । यसले पृथ्वीमा लगभग एक फन्को मार्ने लक्ष्य राखिएको छ ।

मस्कले सबैलाई रकेटप्रतिको आफ्नो अपेक्षा कम राख्न आग्रह गरेका छन् । रकेट प्रक्षेपणका क्रममा ढिलाइ वा असफलता सामान्य कुरा हुन् ।

“यो धेरै जटिल, विशाल रकेटको पहिलो प्रक्षेपण हो । त्यसैले यो प्रक्षेपण नहुन सक्छ । हामी धेरै होसियार हुनेछौँ । यदि, चिन्ता दिने कुनै कुरा देख्यौँ भने हामी प्रक्षेपण स्थगित गर्नेछौँ,” उनले ट्विटर स्पेससमा भनेका थिए ।

मस्कले भनेका छन्, “यदि, हामीले प्रक्षेपण गर्‍यौँ भने प्रक्षेपण प्याडमा समस्या नआउनुलाई नै पनि मैले जित मान्छु ।”

कुनै समस्या नदेखिएमा यो रकेट ग्रिनविच समयानुसार सोमबार १२ बजे अर्थात् नेपाली समयानुसार करिब साँझ पौने ६ बजे प्रक्षेपण हुनेछ ।

यो रकेट प्रक्षेपणसँगै मस्कले अन्तरिक्ष अन्वेषणलाई नयाँ उचाइ दिने अपेक्षा राखेका छन् । यो रकेटले एकै दिनमा धेरैपटक मान्छे एवं सामान अन्तरिक्षमा पठाउने काम गर्नेछ । यो रकेटको सफलताले आमनागरिकलाई समेत अन्तरिक्ष भ्रमणमा जान सक्ने स्थिति बनाउने मस्कको विश्वास छ ।

यो रकेटमा सामान एवं यात्री राखिने प्रमुख माथिल्लो भाग र मुख्य बलियो इन्जिन रहने तल्लो गरी दुई भाग छन् । सबै कुरा योजनाअनुसार अघि बढ्दा स्टारसिप रकेटको बुस्टरको तल्लो भागमा रहेका ३३ मिथेन इन्धनका इन्जिन दुई मिनेट ४९ सेकेन्डसम्म बल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि रकेटका दुई भाग अलग हुनेछन् । माथिल्लो भाग यसमा रहेको इन्जिन बल्दा थप ६ मिनेट २३ सेकेन्डसम्म अघि बढ्नेछ । त्यति बेलासम्म यो रकेट पृथ्वीको सतहदेखि १०० किलोमिटरभन्दा माथि अन्तरिक्षमा उडिरहेको हुनेछ ।

मुख्य इन्जिन रहेको तल्लो भाग सुपर हेभी बुस्टर भने पृथ्वीमै फिर्ता आउनेछ । स्पेसएक्सले यो फेरि प्रयोग गर्न सकिने गरी टेक्ससको तटनजिक ठाडो रूपमा अवतरण गराउनेछ ।

यात्री वा सामान बोक्ने मुख्य माथिल्लो भाग (सिप) भने पृथ्वीको वरिपरि लगभग एक फन्को लगाएर पृथ्वीको वायुमण्डलमा फिर्ता आउनेछ । प्रक्षेपण गरेको करिब ९० मिनेटपछि यो सिप अमेरिकाको हवाई टापुहरूको उत्तरमा प्रशान्त महासागरमा अवतरण हुनेछ । नासास्पेसफ्लाइट डटकम र स्पेसएक्सका स्रोतहरूमा यसको लाइभ अपडेट एवं प्रक्षेपण हेर्न सकिनेछ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid