May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

माओवादीको जनपरिचालनको कार्यक्रम स्थगित

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0७:५८
माओवादीको जनपरिचालनको कार्यक्रम स्थगित

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । ‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ उनले भने ।

सत्तासीन माओवादीले नै सडक संघर्षको कार्यक्रमको घोषणा गरेपनि आलोचना पनि भएको थियो । यस्तै चियापान लगायनका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको महासचिव गुरुङले बताए । माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ ।

माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० 0७:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट