May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी

क्याम्पसमा परीक्षार्थीलाई ट्वाइलेट जान रोकिएपछि…

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:२९
क्याम्पसमा परीक्षार्थीलाई ट्वाइलेट जान रोकिएपछि…

इटहरी । इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा सोमबार बि.ए र बिएड प्रथम वर्षको परीक्षा थियो ।

अंग्रेजी विषयको परीक्षा दिन आएकी सोही क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत रचना पुरीले आँफूमाथि शिक्षकबाटै अभद्र व्यवहार भएको आरोप लगाएकी छन् ।

पुरीले आँफूलाई चर्पी जानबाट रोकिएको र परीक्षा बीचमै छाड्न बाध्य बनाएको उनको आरोप छ ।

‘आज परीक्षा चल्दै गर्दा १ घण्टा ५० मिनेटको समयमा सर्ट ट्वाइलेटको लागि बाहिर गएको थिएँ,’ पुरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म ट्वाइलेट नजिकै पुग्दा त्यहाँ २ जना सर र म्याम बस्नुभएको रहेछ र म ट्वाइलेट जानु अगाबै मलाई सरले नजिक बोलाउनु भयो र म्यामले मेरो तलासी लिनुभयो ।’

असहज भएपछि ट्वाइलेट जान खोज्दा जान नमिल्ने र जानै पर्ने भए कापी खोसेर राख्ने भन्दै शिक्षकहरूले अभद्र व्यवहार गरेको उनको भनाइ छ ।

उनले लेखेकी छन्, ‘अन्त्यमा मेरो साथमा केही नहुँदा मलाई सरले तँ ट्वाइलेट नगई नछाड्ने होस् भने तेरो कापी खोसेर राख्छौं, लेख्छु भन्ने लागेको छ भने ट्वाइलेट जान पाउँदिनस् यहीँबाट आफ्नो कक्षामा फर्की भन्नुभयो ।’

उनले आफूलाई गाह्रो भएकोले ट्वाइलेट जान दिन आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर कक्षामा फर्किएको र सहनै नसक्ने भएपछि २० मिनेटमै कापी बुझाएर ट्वाइलेट गएको बताइन् ।

उनले सामाजिक सञ्जालमा शिक्षक शिक्षिकाको नाम भने खुलाएकी छैनन् ।

‘एउटा विद्यार्थीलाई ट्वाइलेट जान नदिने नियम टियुले किन राख्यो?,’ उनको प्रश्न छ, ‘यस्तै हो भने हाम्रो देश को भविष्य के होला ? र कहाँ सम्म पुग्ला ?’

आँफू एक पात्र मात्रै भएको र परीक्षा दिने अधिकांश विद्यार्थीहरू सोही पीडामा परेको उनले बताइन् । आफ्नो गल्ती भए कारबाहीको भागीदार बन्न तयार भएको अन्यथा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक, कर्मचारीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

यता, क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीले विद्यार्थीले चिट बोकेर गएपछि चेक गरिएको बताइन् । ‘हामीले चिट खोसेको हो, चिट नहुनेलाई कसरी ट्वाइलेट नै जान रोक्नु?,’ उनले टाकुरासँग भनिन्, ‘चिट ट्वाइलेट लैजान नपाएपछिको आक्रोश हो ।’

आँफूहरूले कसैलाई दुव्र्यहार र अभद्र व्यवहार गर्न नमिल्ने र सबै परीक्षार्थी समान रहेको उनले बताइन् । ‘कसैलाई ट्वाइलेट जान दिने वा नदिने भन्ने हुँदैन,’ अधिकारीले भनिन्, ‘हाम्रो लागि सबै विद्यार्थी समान हुन् ।’

कक्षामा गार्ड बसेका अर्का एक शिक्षकले पनि ती विद्यार्थीको व्यवहार अमर्यादित रहेको विद्यालय प्रशासनको आरोप छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट