April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:४१
तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ ।
तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने सन्दर्भमा बैठक भएको उहाँले बताउनुभयो ।
नाका सञ्चालनका लागि कोभिड प्रोटोकल पालना, सामान चेकजाँच क्वारेनटाइन सञ्चालन, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सुरक्षासँग सम्बन्धित सूचना आदानप्रदान,
नाका सञ्चालनका लागि आ–आफ्नो पक्षबाट भइरहेको तयारीबारे जानकारी, दुई देशबिचको समन्वय अझै प्रभावकारी बनाउने लगायतका विषयमा बैठकमा बृहत् छलफल भएको सिडिओ न्यौपानेले गोरखापत्रलाई बताउनुभएको छ ।

बैठकमा सिन्धुपाल्चोकका प्रजिअ न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सुदीप अधिकारी, अध्यागमन,
भन्सार कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रतिनिधि र चीनका तर्फबाट चिफ अफिसर अफ न्यालम पिपुल गभरमेन्ट मिसेस झौ म जी, डाइरेक्टर अफ
न्यालम एडमिनिस्टरटीभ कमिटी मिस्टर सी पेइ लगायतका सरकारी निकायका प्रमुख र प्रतिनिधि बैठकमा सहभागी थिए ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।