May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

शिक्षाको गुणस्तरमा ध्यान दिऔँः आरजु देउवा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:१७
शिक्षाको गुणस्तरमा ध्यान दिऔँः आरजु देउवा

धनगढी –  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय सांसद डा. आरजु राणा देउवाले अब सरकारी विद्यालयको गुणस्तरमा ध्यान दिनुपर्ने बताएकी छन्। उनले संख्यात्मक रुपमा धेरै शैक्षिक जनशक्ति उत्पादन भए पनि गुणस्तरमा कमी भएका कारण नेपालमा बेरोजगारी समस्या बढेको बताइन्।

नेत्री देउवाले मंगलबार कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका विभिन्न परियोजनाको उद्घाटन गरेकी छन्। उनले संघीय सरकार र धनगढी उपमहानगरपालिकाको आर्थिक लगानीमा निर्माण भएका तीन परियोजनाको उद्घाटन गरेकी हुन्।

धनगढी उपमहानगरपालिका–८ मा निर्माण भएको धनगढी नमुना माविको तीन तले विद्यालय भवनको उद्घाटन गरेकी छन्। सो विद्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले शिक्षामा संख्यात्मक विकास सँगसँगै गुणात्मक विकासमा जोड दिन विद्यालयलाई आग्रह गरिन्। उनले भौतिक संरचना विद्यालयका लागि पहिलो आवश्यकता भएको र त्यो पूरा भएपछि पढाइमा गुणस्तर कायम गर्नुपर्ने बताइन्।

३६ कोठाको विद्यालय भवन ६ करोड ८ लाख ३० हजार २७० रुपैयाँमा निर्माण भएको हो। उक्त विद्यालयको संघीय सरकारबाट ३ करोड ७७ लाख ९७ हजार १२६ र उपमहानगरपालिकाको २ करोड ३० लाख ३३ हजार १४४ रुपैयाँमा निर्माण सम्पन्न भएको उपमहानगरपलिकाले जनाएको छ। सांसद देउवाले विद्यालयको भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै थप स्रोतसाधन जुटाउन पहल गर्ने बताइन्।

यसैगरी धनगढी उपमहानगरपालिकाको आफ्नै लगानीमा धनगढी–८ मै निर्माण भएको तौलाहा तालको पनि उद्घाटन गरिएको छ। यो ताल २ करोड ३४ लाख ८५ हजार ५१५ रुपैयाँको लागतमा सम्पन्न भएको हो।

त्यस्तै, बेहडाबाबा मन्दिर परिसरमा निर्माण भएका ढुंगाको बेससँगै इँटाको पर्खाल र ब्लक निर्माण कार्यक्रमको पनि उद्घाटन नेत्री देउवाले गरिन्।

३ करोड ९४ लाख ३ हजार ८७१ रुपैयाँ लागत खर्च भएकोमा संघीय सरकारको २ करोड ५७ लाख ३३ हजार ७२२ र उपमहानगरपालिकाको १ करोड ३६ लाख ७० हजार १९५ रुपैयाँ लगानी रहेको उपमहानगरपालिका बेहडाबाबा संरचना तयार भएका हुन्।

उद्घाटन कार्यक्रममा संघीय सांसद डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सांसद रमेश धामी र मेयर गोपाल हमाललगायतको उपस्थिति रहेको थियो।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।