May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १५:२५
बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता  परिवारद्वारा खोजिदिन अपिल

युवराज रेग्मी

२८ बैशाख , दमक / झापाको कमल गाउँपालिका स्थित श्री मंगलमय माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत एक बिद्यार्थी एकाएक बेपत्ता भएकाछ्न ।

कमलगाउँपालिका वडा न ५ स्थित देबि थापाको घरमा आफन्त पर्ने दाइ रामकुमार नेपालीको डेरामा बस्दैआएको गहुगोरो बर्ष १६ को अपकोस दर्जी नाम गरेका बालक हिजो बिहिबार देखि बेपत्ता भएको उनका बुबा रमेश दर्जिले बताएकाछ्न ।

२७ गते बिहिबार बिद्यालय हिडेका अपकोस बिद्यालय नपुगेको जानकारी पाएपश्चात् निजका दाइ रामकुमारले ईलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।

बिद्यालय जान्छु भनी हिडेको र हाल सम्म बेपत्ता रहेका अपकोसले पुस्तक कोठामै छोडेको र पुस्तक बोक्ने झोलामा केही लुगाहरु र साथमा रु १००० नगद समेत लगेको पाइएको निजका दाजु रामकुमारले बताएकाछ्न ।

बिद्यालय जान्छु भनी हिडेर बिद्यालयमा हाजिरनै नभइ अन्यत्र गएको र हिजो बिहिबार साझसम्म कोठामा नफर्किएकोले उनलाई कसैले ललाइफकाइ अनुचित प्रभाबमा पारी अन्यत्र लगेको हुनसक्ने निजका बुबा रमेश दर्जिले बताए ।

बेपत्ता बालकको आमा गान्धिरा दर्जी हाल वैदेशिक रोजगारिको क्रममा कुबेतमा रहेको र बुबा रमेश पनि सुनसरी जिल्लाको धरानमा रोजगारीमा रहेकाले उतै बस्दै आएका थिए ।


रोजगारीका क्रममा घरबाहिर रहेकोले उनका अभिभावकले आफन्त पर्ने दाजु रामकुमार सग अध्ययन तथा हेरचाहको लागि निज बालक अध्ययन गर्ने बिद्यालय नजिकै रहेको डेरामा राखिदिएको बेपत्ता बालकका बुबा रमेशले बताए ।

बिहिबार बिद्यालय समयदेखि बेपत्ता रहेका बालक यो समाचार तयार पार्दासम्म कहि कतै नभेटिएको तथा आफ्नो कोहि साथी या आफन्तकोमा समेत गएको नपाइएकोले निजका बुबा रमेशले आफ्नो छोरा खोजिदिन अपिल गरेकाछ्न ।

साथै कसैले माथिको तस्बिर भएका निज बालकलाइ कहिकतै देख्नुभएमा नजिकको प्रहरी कार्यालय या आफ्नो सम्पर्क नम्बर ९८१४३५३९५२ मा खबर गरिदिन अनुरोध समेत गरेकाछ्न ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट