sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

छुवाछूतविरुद्धको वर्ष घोषणा गर्न माग

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:0४
छुवाछूतविरुद्धको वर्ष घोषणा गर्न माग

सुर्खेत। कर्णाली प्रदेशस्तरीय दलित महिलाको दुईदिने सम्मेलनले सामाजिक छुवाछूत तथा भेदभाव र हिंसाविरुद्धको वर्ष घोषणाको मागसहित सुर्खेत घोषणापत्र जारी गरेको छ। सम्मेलनले पाँचबुँदे प्रतिबद्धतासहित १६ बुँदे माग अघि सारेको छ।

प्रदेश तथा स्थानीय तहले सामाजिक छुवाछूत तथा भेदभाव र हिंसाविरुद्धको वर्ष घोषणा गरी दलित महिला अधिकारका क्षेत्रमा काम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ।

दलित महिला सङ्घद्वारा आयोजित न्याय, समानता र सम्मानका लागि दलित महिला सम्मेलनले प्रदेश सरकार तथा स्थानीय तहले दलित महिला र दलित समुदायका लागि जनसङ्ख्याको आधारमा २९ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ।

कर्णालीमा २९ प्रतिशत दलित समुदाय छन्। घोषणापत्रमा दलित सशक्तीकरण विधेयकलाई दलित महिलामुखी बनाई अविलम्ब पास गर्नुपर्ने, जातीय विभेदका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गरी कानुनी कारबाही गरिनुपर्ने, राज्यका सबै निकायमा दलित महिलालाई अर्थपूर्ण सहभागिता र सम्मानपूर्वक बाँच्न पाउने अवस्थाको सुनिश्चितता गरिनुपर्ने माग राखिएको छ।

अन्तरजातीय विवाह गरेका दलित र दलित महिलालाई सामाजिक सुरक्षा, रोजगारी, जीविकोपार्जनसहित समाजमा स्थापित र सम्मानित हुने अवस्थाको सुनिश्चितता गर्नुपर्ने, अन्तरजातीय विवाहबाट जन्मिएका बालबालिकाको नागरिकतामा सहज पहुँचको अविलम्ब व्यवस्था गर्नुपर्ने, कानुन निर्माण गरी दलित र दलित महिलाका लागि उच्च र प्राविधिक शिक्षा निःशुल्क पाउने व्यवस्था गर्नुपर्ने, सुर्खेतको दलित छात्रावासलाई तत्काल निर्माण गर्नुपर्ने माग घोषणापत्रमा उल्लेख छ।

विपन्न दलित घरपरिवारको पहिचान गरी उनीहरूलाई खाद्य कार्डको व्यवस्था गर्नुपर्ने मागसमेत राखिएको छ। घोषणापत्र सार्वजनिक गर्दै दलित महिला सङ्घका केन्द्रीय उपाध्यक्ष मञ्जु सुनारले प्रदेश सम्मेलनले सबै किसिमका विभेद र छुवाछूतविरुद्ध शून्य सहनशीलताको नीति लिई काम गर्न न्याय, सम्मान र समतामूलक समाज स्थापनाका लागि निरन्तर काम गर्न प्रतिबद्धता जनाएको बताउनुभयो।

दलित महिला सङ्घका केन्द्रीय अध्यक्ष कला स्वर्णकारले कर्णालीमा दलित महिलाको अवस्था नाजुक भएको बताउनुभयो। उहाँले दलित महिला सशक्तीकरणका लागि सरकारको ध्यानाकर्षण गराउन प्रदेश सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो।

दलित महिला सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् सुर्खेतका अध्यक्ष मञ्जु सुनारका अनुसार सम्मेलनमा कर्णाली प्रदेशका १० जिल्लाका दलित महिला अधिकारकर्मी, दलित महिला वडा सदस्य, कार्यपालिका सदस्यलगायत अन्य गरी करिब दुई सय जना दलित महिलाको सहभागिता रहेको थियो। सो प्रतिबद्धतासहित मागपत्र मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाइएको जनाइएको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid