May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

भन्सार राजश्वको निश्चित प्रतिशतको रकम पाउनुपर्ने माग

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:२६
भन्सार राजश्वको निश्चित प्रतिशतको रकम पाउनुपर्ने माग

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज भन्सारबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशतको रकम वीरगन्ज महानगरपालिकालाई उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि परामर्श तथा समन्वय कार्यक्रममा बोल्दै मेयर सिंहले अर्थमन्त्री प्रकाश शरण महतसँग वीरगन्ज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगन्ज महानगरलाई उपलब्ध गराउन आग्रह गरेका हुन्।

अर्थमन्त्री महतलाई वीरगन्ज महानगरका बारे जानकारी गराउँदै मेयर सिंहले देशको कूल राजश्व संकलनमा वीरगन्जको योगदान आधाभन्दा बढी भए पनि केन्द्र सरकारबाट वीरगन्ज सधै उपेक्षामा पर्दै आएको गुनासो सुनाए।

उनले भने,‘ कूल आयात निर्यातको ७० प्रतिशत कारोबार वीरगन्ज नाकाबाटै हुन्छ, कूल अर्थतन्त्रमा वीरगन्जको योगदान आधाभन्दा बढी छ तर वीरगन्ज र वीरगन्जवासीले सवारीसाधानको धुवाँधुलो र प्रदूषण मात्रै पाइरहेका छन्, मालवाहक सवारीको चापले सडकहरू भत्किने गरेका छन्, तर राज्यबाट पाउने लाभ शून्य जस्तै छ।’

वीरगन्ज भन्सार कार्यालयले मात्रै वार्षिक साढे दुई खर्बभन्दा बढी राजश्व उठाएर सरकारलाई दिँदै आएको मेयर सिंहको भनाइ थियो। उनले भने, ‘साढे २ खर्ब उठाएर दिने वीरगन्ज महानगरले केन्द्र सरकारबाट वर्षमा कति बजेट पाउँछ? भन्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ।’

वीरगन्ज नाकाबाट संकलन हुने राजश्व अन्य पालिकासरह बाँडफाँड हुने अवस्थाले वीरगन्जलाई घाटा मात्रै भएको उनले बताए।

मेयर सिंहले संस्थागत घरवहाल कर आन्तरिक राजश्व कार्यालयले उठाउने काम बन्द गर्नुपर्ने, मालपोत रजिष्ट्रेशन शुल्क मासिक रूपमा दाखिला गर्ने व्यवस्था मिलाउनुपर्ने, आन्तरिक आय ठेक्का व्यवस्थापनका लागि नमुना कानुन निर्माण गर्नुपर्ने माग पनि गरे।

शिक्षा मन्त्रालयले वीरगन्जका लागि थप ३ सय शिक्षक आवश्यक रहेको प्रतिवेदन दिएकाले त्यस अनुसारको नियुक्तिका लागि बजेट व्यवस्थापन गरिदिन र आर्थिक अवस्था चलायमान बनाउन वीरगन्ज नाका २४ सै घण्टा खुला राख्ने व्यवस्था मिलाइदिन पनि उनले अर्थमन्त्री महतसँग अनुरोध गरे।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट