April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:३९
नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

महोत्तरी। गौशाला नगरपालिकाले नगरप्रहरीलाई हातपात गर्नेलाई कानुन अनुसारको कारबाहीको माग गरेको छ।
नगरपालिकाले शुक्रबार इलाका प्रहरी कार्यालय गौशालाले सो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसारको कारबाहीका लागि माग गरेको हो।

प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिप्पर चालक गौशाला नगरपालिका–१० का कृष्णा महतोले ड्युटीमा खटिएका नगरप्रहरी जवानपान बहादुर लामालाई कुटपिट गरेका थिए।

गौशाला नगरपालिका बस्ने प्रमोद महतोले नगरप्रहरी प्रमुख टेकबहादुर लामालाई गालीगलौज गरी हातपात गर्दै ज्यान मार्ने धम्की दिएकाले कानुनअनुसार कारवाहीका लागि प्रहरीसमक्ष माग गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीका अनुसार ड्युटीमा खटिएको नगरप्रहरीमाथि हातपात गर्नेलाई तत्काल कारबाही गर्नका लागि माग गरिएको छ।

प्रशासकीय अधिकृत केसीले भने, ‘असुरक्षा महसुस गर्दै कर्मचारीहरुले आज नगरपालिकामा कार्यरत कर्मचारीहरूले कामकाज ठप्प पारेका छन्। जसले गर्दा नगरपालिका लगायत यहाँका १२ वटै वडाका सेवाग्राहीहरू मर्कामा परेका छन्। अनावश्यक रूपमा विवाद सिर्जना गरेर कर्मचारीहरूको मनोबल घटाउने कार्य भएको छ।’

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १५:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट