May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ?

यसरी भगाउन सकिन्छ कोलेस्टेरोल

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:५८
यसरी भगाउन सकिन्छ कोलेस्टेरोल
  • कोलेस्टेरोल दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा
  • यो रोग बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता छुट्टै हुने 

काठमाडौं ।।

शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ ।

कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । वंशाणुगत कारणले हुने समस्या रोक्न नसकिने भए पनि खानेकुराका कारण हुने कोलेस्टेरोल घटाउन सकिन्छ ।

घटाउन सकिन्छ कोलेस्टेरोल 

पोषणविद् प्रणिती सिंह भन्छिन्, ‘हीरालाई हीराले काट्छ भनेजस्तै खानेकुराले कोलेस्टोरेल बढ्छ भने खानेकुराकै कारण घटाउन सकिन्छ । कोलेस्टोरेल घटाउन हरियो सागपात, नर्टस्, एभाकाडो, ओट्स जस्ता फाइबरयुक्त खानेकुरा सेवनले घटाउन मद्दत गर्छ ।’

शरीरमा एचड एल अर्थात् राम्रो र एलडीएल अर्थात् खराब गरी दुई प्रकारको कोलेस्टेरोल हुन्छ । जसमा खराब कोलेस्टोरेल बढेमा मुटुरोगको जोखिम हुन्छ ।

अर्की पोषणविद् अनुश्री आचार्यका अनुसार नट्स अर्थात ड्राइफुड, एभोकाडो, जौ, ओट्स, बीउ, माछा वा माछाको तेलको सेवनले शरीरमा कोलेस्टोरेल घटाउन सकिन्छ । किनकि यसमा शरीरलाई चाहिने राम्रो फ्याट, ओमेगा थ्री र सिक्स प्रशस्त मात्रामा हुन्छ । जसले राम्रो कोलेस्टोरेल बढाउँछ र नराम्रो  कोलेस्टेरोल कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ई, म्याग्नेसियम तथा पोटासियम हुने भएकाले मुटुका लागि निकै फाइदाजनक हुने आचार्य बताउँछिन् ।

ओन्ली माइ हेल्थमा प्रकाशित लेखमा करेलामा पनि कोलेस्टोरेल घटाउने उल्लेख छ । जसमा स्वास्थ्य आहार तथा पोषण क्लिनिककी आहारविद् डा. सुगीता मुटरेजाकाले करेला खानाले उच्च वा खराब कोलेस्टोरेल घटाउँछ । यसमा भएको फाइबर, क्याल्सियम, भिटामिन सी, भिटामिन ए, आइरन र पोटासियमले खराब कोलेस्टोरेल घटाउन मद्दत गर्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र पोटासियम मुटुको स्वास्थ्यका लागि राम्रो मानिन्छ । करेलाको जुस दैनिक पिउन सकिने पनि मुटरेजाका बताउँछिन् ।

यसरी कम गर्छ 

करेलामा फाइबर पनि हुन्छ, जसले एडीएल अर्थात् खराब कोलेस्टेरोल कम गरेर राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । यो जुस पिउनाले एथेरोस्क्लेरोसिस अर्थात् धमनीमा बोसो जम्ने खतरा पनि कम हुन्छ । करेलाको जुस दैनिक सेवन गरेमा मुटुसम्बन्धी रोगबाट समेत जोगिन सकिन्छ ।

कोलेस्टोरेल भएमा खान हुँदैन यि कुरा  

तारेको, भुटेको, रातो मासु, जंकफुड, प्रशोधित खानेकुरा र जाँडरक्सी चुरोट जस्ता खानेकुरा खानुहुँदैन । यी खानेकुरामा धेरै मात्रामा नराम्रो फ्याट हुन्छ ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।