May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

२ वटा मतपत्र खसाउन खोजेपछि बारामा जसपाका नेता पक्राउ

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० ११:0४
२ वटा मतपत्र खसाउन खोजेपछि बारामा जसपाका नेता पक्राउ

बारा : देवताल गाउँपालिका –७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन्। मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई गरेको हो। पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ।

यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन्। विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ।

यता बाराकै महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि जसपाका नेताहरुले बुथ कब्जाको प्रयास गरेका छन्। उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ।

ईनरवास्थित ‍मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन्।

त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरुले समेत पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका छन्। त्यसपछि त्यहाँ रहेका प्रहरीले सन्चारकर्मीहरुलाई उद्धार गरेका छन्।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।