May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१७
एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास

बाँके । नेपालगञ्ज रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डको एथ्लेटिक्स सेन्थेटिक ट्रयाकको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले आइतबार शिलान्यास गर्नुभएको एथ्लेटिक्स ट्रयाक १० महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको छ ।

११ करोड ६४ लाख रुपियाँमा ट्रयाक निर्माणको जिम्मेवारी प्रतीक्षा कन्स्ट्रक्सन प्रालिले पाएको छ । एथ्लेटिक्स ट्रयाकको शिलान्यास गर्दै सदस्यसचिव घिसिङले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा नेपालगञ्ज रङ्गशालामा खेलकुदका आधुनिक संरचना निर्माण गरिएको भए पनि अपूर्ण रहेकाले रङ्गशालालाई पूर्णता दिन लागिएको बताउनुभयो ।

“कुनै पनि रङ्गशालामा सेन्थेटिस ट्रयाकको निर्माण अनिवार्य छ, सदस्यसचिव घिसिङले भन्नुभयो, “सबै हिसावले नेपालगञ्ज रङ्गशालालाई पूर्णता दिने योजनाअनुसार बजेट विनियोजन भई काम सुरु भएको छ ।”

एथ्लेटिक्समा बाँके र लुम्विनी प्रदेशले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै सरकारले ट्रयाक निर्माण गर्न लागेको उहाँको भनाइ छ । एथ्लेटिक्स ट्रयाक निर्माण भएपछि खेलाडीले अन्तर्राष्ट्रियस्तरको ट्रयाकमा तयारी गर्न पाउने भएकाले उत्कृष्ट प्रदर्शनका लागि सहज हुने सदस्यसचिव घिसिङको भनाइ छ ।

राजधानी बाहिर पोखरा र दाङको बेलझुण्डीपछि नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको सेन्थेटिक ट्रयाकको निर्माण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले एथ्लेटिक्सको उर्वराभूमिको रुपमा रहेको नेपालगञ्जमा एथ्लेटिक्स सेन्थेटिक ट्रयाक बनेपछि यहाँका खेलाडीले नियमित अभ्यास गर्न पाउने भएकाले थप सफलता प्राप्त गर्ने बिश्वास रहेको बताउनुभयो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट