April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

आत्महत्या न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्दै माओवादी

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:२६
आत्महत्या न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्दै माओवादी
  •  कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गर्दै 
  • प्लेकार्डसहित निकालिएको र्‍यालीले स्वयम्भु परिसरको परिक्रमा गर्यो 

काठमाडौं ।।

विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र कामनपा १५ नं वडा कमिटीले आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम आयोजक तथा माओवादी केन्द्र १५ नं वडा कमिटी अध्यक्ष तारा बहादुर रानाभाटले आत्महत्या नेपालमा गम्भीर समस्या भएको तर बाँच्दा हजार विकल्पहरु रहेको र समाज, टोल, छिमेक र विद्यालयमा आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

‘जीवन अमूल्य छ’, ‘आत्महत्या विकल्प होइन’जस्ता कयौ नारा लेखिएको प्लेकार्डसहित निकालिएको र्‍यालीले स्वयम्भु परिसरको परिक्रमा गरेको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव सन्तु दराइ, माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सदस्य तथा विपद व्यवस्थापनविद सुजन गिरी, माओवादी केन्द्र उपत्यका विशेष प्रदेस समिति सदस्य तथा लोकप्रिय संगीतकार लक्ष्मण पोखरेल, ‍सुरक्षाकर्मी,

समाजसेवीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश सदस्य सुजन गिरीले मानिसहरुले आत्महत्या एकैपटक नगर्ने र लामो समयको निराशा नै आत्महत्यामा बदलिने तथा आत्महत्या न्यूनीकरणका लागि समाजका सबै पक्षहरु लाग्नुपर्नेमा जोड दिए । त्यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव दराइले सरकार नीति निर्माण तहदेखि गम्भीर ढंगले आत्महत्या न्यूनीकरणमा लागेको तथा आगामी दिनमा यससम्बन्धी थप पहल गरिने बताए ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १४:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।