May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

अर्थमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– अर्थतन्त्र सुधार्न नसक्ने भए किन जिम्मेवारी लिएको ?

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:३४
अर्थमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– अर्थतन्त्र सुधार्न नसक्ने भए किन जिम्मेवारी लिएको ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै दलका सांसदहरूबाट खरो प्रश्नको सामना गर्नुपरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले अर्थतन्त्रका बारेमा प्रश्न गरेका हुन् ।

सरकारले ल्याउन लागेको बजेटका विषयमा छलफल गर्न दलको बैठक बोलाइएको सांसद रामहरि खतिवडाले जानकारी दिए । कार्यान्वयन हुने गरी जनमुखी बजेट ल्याउनुपर्ने धारणा सांसदहरूले राखेको उनले बताए ।

बैठकमा सहभागी अर्का एक सांसदका अनुसार ‘अर्थतन्त्र सुधारको अवस्था कस्तो छ ?’ भन्दै डा. महतलाई प्रश्न गरिएको थियो । ‘अर्थतन्त्र सुधार गर्न नसके कांग्रेसले किन अर्थ मन्त्रालय लिएको ?’ भन्दै सांसदहरूले प्रश्न गरेका थिए ।

“अर्थमन्त्रीले आर्थिक सुधार गर्नुपर्छ, गर्न सक्नु भएन । आर्थिक सुधार गर्न नसके कांग्रेसले किन अर्थ मन्त्रालय सम्हाल्नु त भनेर हामीले प्रश्न उठायौँ,” ती सांसदले बाह्रखरीसित भने, “जसरी भए पनि, जे गरेर हुन्छ अहिलेको अवस्थाबाट मुलुकलाई पार लगाउनुपर्छ भनेर हामीले अर्थमन्त्रीलाई बैठकमा भनेका छौँ ।”

अर्का सांसद डिगबहादुर लिम्बूका अनुसार सोमबार (आज) २० सांसदले धारणा राखेका थिए । बैठक भोलि पुनः बस्नेछ । मंगलबार बिहान १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद लिम्बूले जानकारी दिए । सोमबार पनि ल्होत्से हलमै बैठक बसेको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्