sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ 0८:४१
रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गतिविधिले उनकै पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ।

गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले आइतबार नागरिकता लिए। नागरिकता लिएलगत्तै लामिछाने पार्टीको सभापति बनेका थिए।

त्यसपछि उनले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन्। त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएका छन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत लिइरहेका छन्।

प्रचण्डले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन्। उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउन पर्ने भन्दै आएका छन्।

लामिछानेको यही सक्रियतालाई पार्टीभित्र शंका गर्न थालिएको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापतिका गतिविधिले पुराना पार्टीका गतिविधि बिर्साउने काम गरेको बताए।

‘सभापतिजीले आफ्नै लागि गृह मन्त्रालय माग्नुभएको भन्ने प्रष्ट त छैन। तर उहाँले पार्टीकै लागि माग्नुभएको हो भन्ने प्रष्ट हुन सकेको छैन,’ कार्कीले सेतोपाटीसँग भने, ‘उहाँको गतिविधिले हामी अरूभन्दा फरक हुन सकेनौं भन्ने प्रश्न उठेको छ। यो स्वाभाविक हो।’

पार्टीमा यस विषयमा कुनै छलफल समेत नभएकाले थप आशंका गर्ने ठाउँ बढेको उनले बताए।

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ 0८:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid