June 5, 2023 | सोमवार, जेष्ठ २२, २०८०
सुचनाहरु
काँकरभिट्मा सशस्त्र प्रहरी र महिला व्यापारीबिच हात हालाहाल सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर वार्षिक १० हजारलाई रोजगारी दिने बन्यो नीति पूर्वमहान्यायाधिवक्ताहरु अभियुक्तको प्रतिरक्षामा अवरोधपछि बैठक भोलिसम्म स्थगित मानव अधिकार आयोग : छुवाछूत गर्नेलाई कारबाही हुन्छ प्रधानमन्त्रीले भारतबाट राँगा ल्याउने सम्झौता यस्तो शरणार्थी प्रकरणको आदेश आउन समय लाग्ने सुनकोसीमा खस्दा यसरी बाँचे गाडी चालक रास्वपाका उपनेताले गरे डेंगीबारे संकल्प प्रस्ताव दर्ता सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने तयारीमा राष्ट्रिय योजना आयोगमा सदस्य ढुंगानाले पाइन जिम्मेवारी राष्ट्रको शीर झुकाएकोले प्रधानमन्त्रीले माफी माग्नुपर्छ : प्रमुख सचेतक गिरी सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने : रास्वपा अर्थ मन्त्रालयले करमा स्पष्ट पारेपछि उच्च अंकले बढ्यो नेप्से रायमाझी र खाँण अदालतमा उपस्थित बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयकको तीन दलले गरे विरोध सेयर लगानीकर्ताको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने : अर्थमन्त्रालय प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नदिने

रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ 0८:४१
रवि लामिछानेका गतिविधिले पार्टीभित्रै असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गतिविधिले उनकै पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ।

गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले आइतबार नागरिकता लिए। नागरिकता लिएलगत्तै लामिछाने पार्टीको सभापति बनेका थिए।

त्यसपछि उनले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन्। त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएका छन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत लिइरहेका छन्।

प्रचण्डले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन्। उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउन पर्ने भन्दै आएका छन्।

लामिछानेको यही सक्रियतालाई पार्टीभित्र शंका गर्न थालिएको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापतिका गतिविधिले पुराना पार्टीका गतिविधि बिर्साउने काम गरेको बताए।

‘सभापतिजीले आफ्नै लागि गृह मन्त्रालय माग्नुभएको भन्ने प्रष्ट त छैन। तर उहाँले पार्टीकै लागि माग्नुभएको हो भन्ने प्रष्ट हुन सकेको छैन,’ कार्कीले सेतोपाटीसँग भने, ‘उहाँको गतिविधिले हामी अरूभन्दा फरक हुन सकेनौं भन्ने प्रश्न उठेको छ। यो स्वाभाविक हो।’

पार्टीमा यस विषयमा कुनै छलफल समेत नभएकाले थप आशंका गर्ने ठाउँ बढेको उनले बताए।

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ 0८:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।