April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ

जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिदै नेपालको झण्डा पनि उपहार दिए

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४८
जितनारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिदै नेपालको झण्डा पनि उपहार दिए

चितवन। नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन्। चितवन–२मा मत गणना बाँकी रहँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले फराकिलो मतान्तरसहित विजयी नजिक पुगेपछि श्रेष्ठले नेपालको झण्डा उपहार दिँदै बधाई दिएका हुन्। आफूले लामिछानेको काममा सहयोग गर्ने प्रतिबद्धता गर्दै उनले शुभकामना दिए।

’क्षेत्र नम्बर दुईको विकासमा धेरै काम गर्न बाँकी छ। यहाँको समस्या समाधान गर्न उहाँले सहयोग मागे म तयार छु। प्रतिस्पर्धीले सहयोग माग्दा विकास निर्माणमा सकारात्मक सहयोग गर्छु।’उनले भने, ’उहाँसँग राष्ट्रले अपेक्षा गरेको छ, मेरो पनि जनप्रतिनिधि हो भन्ने अनुभूति गर्न पाउन पर्छ। ’

जीतको नजिक पुगेका रास्वपा सभापति रवि लामिछानेले स्वच्छ र स्वस्थ प्रतिस्पर्धा भएको बताउँदै सहकार्य काम गर्ने बताए। प्राप्त मतलाई दम्भ नभई अवसरका रुपमा लिने उनको भनाई छ। ’मलाई उहाँले झन्डा मात्रै होइन ठूलो जिम्मेवारी दिनुभएको छ।

चुनावी दौरानमा भएका संवाद सुरु गर्दा सकारात्मक रुपले हामीभित्र असल मानिसको जम्काभेट भएको महसुस गरेको छु ,’ लामिछानेले भने , ’नयाँ पुस्ताले अभ्यास गर्ने लोकतन्त्र स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हो। सहकार्यको लागि हात बढाउनु भएको छ त्यो मेरो लागि सुखद छ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।