sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘त्यो श्मशानघाट, यो स्वर्गद्वार’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:0१
‘त्यो श्मशानघाट, यो स्वर्गद्वार’

जनकपुरधाम । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालिका–४ गङ्गासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ । उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ । वर्षौँदेखि मृत्यु र नर्कको मात्रै चित्र देखाउने त्यो श्मशानघाटलाई अचेल भने मृत्यु, जीवन र स्वर्गलाई एकै ठाउँमा साक्षात्कार गर्न मिल्ने गरी विकास गरिएको छ । त्यसैले सो स्थान श्मशान नभई स्वर्गद्वारका रूपमा पहिचान बनाउँदै छ । यसरी पहिचान बनाउन २१ वर्षभन्दा बढी समय र करिब दुई हजार मानिसको योगदान खर्चिएको छ ।

विसं २०७६ साउन २८ मा स्वर्गद्वारले कानुनी स्वरुप ग्रहण गरे पनि ‘श्मशानदेखि स्वर्गद्वार’ को यात्रा भने २१ वर्ष अघिदेखि सुरु भएको यस अभियानका अगुवा जनकपुरधाम निवासी पवनकुमार सिंघानियाको भनाइ छ । “विसं २०५८ मङ्सिर–पुसतिर मेरो पिताजी हरद्वारीलाल सिंघानियालाई विसञ्चो भएपछि उहाँको अनुपस्थितिमा एकदिन मैले मलामी जानुपर्ने भयो । त्यहाँ जाँदा फोहर र दुर्गन्धले एकछिन टिक्न पनि मुस्किल भयो”, उनले स्मरण गरे, “फोहरको डुङ्गुर र त्यसको दुर्गन्धले मरेको लासलाई पनि गिज्याइरहेको थियो । मलामीहरूलाई सास्ती दिइरहेको थियो । त्यही दिन सङ्कल्प परे श्मशानघाटलाई यस्तै रहन दिनुहुँदैन । त्यहीबाट सुधार अभियान सुरु भयो ।”

उनका अनुसार सोही वर्ष माघ १ गतेदेखि श्मशानघाट स्वच्छता अभियानले औपचारिकता पायो र माघ ७ गते नगरपालिकालाई यसबारेमा जानकारी दिइयो । “मृत्यु शाश्वत सत्य हो । जतिसुकै आलिसान महलमा बसे पनि एकदिन मान्छेले आउनैपर्ने अन्तिम घर यही श्मशानघाट त रहेछ ! त्यसैले यो ‘नर्क’ जस्तो घरलाई ‘स्वर्ग’ बनाउन लागौं भनेर बिन्ती गरेँ”, अभियान शुभारम्भ गर्दाको क्षण सिंघानियाले सम्झिए । त्यसबेला धेरैले हाँसोको पात्र बनाएको र व्यापारिक घरानाको तन्नेरीले फोहर तथा दुर्गन्ध सफा गर्ने कुरा धेरैले नपत्याएको सन्दर्भ पनि उनको मनस्पटलमा ताजै छ ।

“मृत्यु सत्य हो बाँकी सबै भ्रम । मृत्युलाई रोक्न त सकिँदैन तर त्यसलाई पनि सहज र मृत्यु संस्कारलाई सभ्य बनाउन सकिन्छ । हिन्दूहरूको श्मशानभन्दा मुसलमानहरूको कब्रिस्थान सफा र व्यवस्थित छ । हामी पनि व्यवस्थित गरौँभन्दा धेरैले हाँसोमा उडाए”, सिंघानिया भन्छन्, “जसले जे भने पनि मैले आफ्नो सङ्कल्पलाई छोडेन । विभिन्न उपाय अपनाएर आफ्नो कामलाई निरन्तरता दिएँ । धेरैले साथ पनि दिनुभयो । आज पर्यन्त यसैमा लागिरहेको छु, त्यसको परिणाम अहिले तपाईँहरूको अगाडि छ ।”

सिंघानियाले श्मशान सुधारको योजना सुनाएको विषय तत्कालीन नगरप्रमुख बजरङ्गप्रसाद साहको पनि स्मरणमै छ । “श्मशान सुधारको योजना ल्याउँदा उनको (सिंघानिया) उमेर र व्यापारिक घरानाको पृष्ठभूमिले गर्दा सुरुमा धेरैले पत्याएनन् । मसँग पनि धेरैपटक कुरा भयो । वास्तवमा त्यो सराहनीय पहल थियो, त्यसैले मैले पनि सक्दो सहयोग गरे”, साहले भने, “म भारतको गुजरात प्रदेशमा आयोजित एउटा सम्मेलनमा जाँदा द्वारिकाधाम क्षेत्रमा बनाइएको व्यवस्थित श्मशानघाट देखेर फर्किएको थिए । संयोग नै भन्नुपर्छ त्यसको केही समयपछि सिंघानियाले जनकपुरमै श्मशानलाई स्वर्गद्वार बनाउने प्रस्ताव ल्याउनुभयो ।” जग्गा व्यवस्थापनदेखि अन्य काममा सक्दो सहयोग गरेको त्यो अभियानले स्वर्गद्वारलाई जनकपुरमा हेर्न लायक ठाउँको रूपमा विकास गरेको देख्दा आफूलाई निकै खुसी लागेको बताए ।

विसं २०५८ फागुन १७ गतेदेखि स्वर्गद्वार निर्माण सुरु भएको थियो । तीन सय ४५ फिट लम्बाइ र एक सय २५ फिट चौडाइभित्र बाबा भूतनाथको मन्दिर, दुईकोठे धर्मशाला, भैरवनाथ मन्दिर तथा सो मन्दिरको छेउमा भोलेनाथ शेषनागको छायाँमा माता पार्वतीसहितको मनमोहक दृश्य हेर्न लायक छ । स्वर्गद्वारको बीच भागमा दुई सय फिट लम्बाइ र ४० फिट चौडाइको शव जलाउने ठाउँ, पश्चिमतर्फ व्यवस्थापन समिति तथा शवयात्री (मलामी) विश्राम गर्न पाँचकोठे धर्मशाला बनाइएको छ ।

त्यसैगरी प्रवेशद्वारदेखि बाबा भूतनाथ मन्दिरसम्म १२ फिट चौडाइ र करिब दुई सय १० फिट लम्बाइको पैदलमार्ग, त्यसैमा रङ्गीबिरङ्गी फूल, यो देख्दा लाग्छ श्मशानघाट नभई यो कुनै उद्यान हो । “यहाँ मलामीमात्रै होइन, जनकपुरधाम घुम्न आउने अरु पर्यटक पनि आउँछन्, तस्बिर खिचाउँछन् र रमाएर जान्छन्”, विगत १० वर्षदेखि शव जलाउने काममा सहयोग गर्दै आएका हीरा मल्लिकले भने, “मैले काम सुरु गर्दा यो ठाउँ देखेर डराउँथे, नाकमुख थुन्थे तर अहिले मलामीहरू पनि खुसी भएर जान्छन् । यस्तो श्मशानघाट देखेकै छैनौँ भन्छन् ।”

हीरा मल्लिकमात्रै होइन, कठियारी (लाश जलाउने मान्छे) विपत्ति डोम पनि श्मशानघाटमा लाश ल्याएर आउनेहरूको खुसी देखेर आफूलाई रमाइलो लाग्ने गरेको सुनाउनुहुन्छ । “मैले अरु श्मशानघाटमा पनि काम गरेको छु । आफन्त मरेको पीडामा आँशु पुछ्नेभन्दा फोहर र दुर्गन्धले नाकमुख थुन्नै सकस हुन्छ, तर यहाँ त्यसो गर्नुपर्दैन”, उनले भने, “यहाँको वातावरण देखेर मलाई पनि रमाइलो लाग्छ, तनाव पनि दूर हुन्छ ।”

यो त श्मशानघाटभित्रको कुरा भयो । त्योभन्दा आकर्षक त बाहिरको वातावरण छ । मलामी र बटुवाहरूलाई एकपटक रोकिएर हेर्न बाध्य बनाउने उक्तिहरू पर्खालमा कुदिएका छन् ।

केही पङ्क्तिहरू–   
मृत्यु के बाद यही है जीवनका कड्वा सचः
‘पत्नी’ मकान तक,
‘समाज’ श्मशान तक,
‘पुत्र’ अग्निदान तक,
सिर्फ आपके ‘कर्म’ भगवान तक ।।
……

कौन दोषी है या निर्दोष मालूम नहि था खंजरको,
बगिया दूसरे की बिगडेगी मालूम नहि था बन्दरको ।।
कितनी पानी है अन्दर मालूम नहि था समुन्दरको,
एक दिन खाली हात जाना पडेगा मालूम नहि था सिकन्दरको ।।
…….
इंसान भी क्या चीज हैः
दौलत कमाने के लिए सेहत खो देता है,
सेहत को वापस पाने के लिए दौलत खो देता है ।।
जीता एैसे है जैसे कभी मरेगा ही नही,
और मर एैसे जाता है जैसे कभी जिया ही नही ।।

पर्खालमा लेखिएका यस्ता तमाम् हरफले यहाँ आउने हरेक मान्छेलाई जीवन र मृत्यु, सम्बन्ध र सम्पत्तिको मोहबाट एकछिनका लागि भए पनि मुक्त गराई क्षणभङ्गुर संसार, शाश्वत मृत्यको बोध गराई ‘मनुर्भव’ अर्थात् ‘मान्छे बन’ भनेर सिकाउँछन् । “कतिपयले पर्खालमा कुदिएका उद्धरण, पर्खालभित्रको वातावरण देखेर ‘अहो ! श्मशानघाट पनि मरौँ मरौँजस्तो लाग्ने’ भनेर व्यक्त गरेको भाव सुन्दा बिछट्टै आनन्द आउँछ”, अभियानी सिंघानियाले सुनाए ।

कठियारी मल्लिकका अनुसार कुनै बेला श्मशान भनेपछि भाग्नेहरू अहिले तस्बिर खिचाउन आउँछन्, यहाँका भित्ताहरूसँग बोल्छन् र केही न केही शिक्षा लिएर जान्छन् ।

यस्तो अवस्था निर्माण गर्न सिंघानियालाई अहिलेसम्म सरकार, सङ्घसंस्था र व्यक्ति गरी एक हजार आठ सयभन्दा बढीले सहयोग गरेका छन् ।  करिब रु तीन करोड रकम खर्च भएको छ । “सुरुमा सम्झाउन गाह्रो भयो । बिन्ती गरेरै भए पनि सहयोग जुटाएँ । दश वर्षसम्म एक सय आठ जनाबाट मासिक रु एक हजार एक सयका दरले सहयोग लिए तर प्रत्येक महिना पैसा दिने र उठाउने दुवैलाई झन्झट हुने भएपछि अहिले रु एक करोड ५१ लाखको अक्षयकोष बनाइएको छ”, सिंघानियाले सुनाए ।

यो त भाग एकको कुरा भयो । त्यही छेऊमा स्वर्गद्वार भाग–२  निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको भाग–२ मा सानै उम्मेरमा ज्यान गुमाउने बालबच्चाको शव व्यवस्थापन गरिने छ ।

रासस

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid