May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

भुवनले हारे,साम्राज्ञी रोइन्

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १0:४९
भुवनले हारे,साम्राज्ञी रोइन्
  • मुद्दामा जितेर रोइन साम्राज्ञी
  • अभिनेता भुवन केसीले हारेका छन्
  • अदालतले केसीको दाबी नपुग्ने भन्दै फैसला गर्यो 
  • न्यायाधीश वासुदेव पौडेलको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो 

काठमाडौं ।।

मुद्दामा आफ्नो जित भएकाले साम्राज्ञीले आँखाबाट खुशीका आँशु झारेकी छिन । आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै भुवनले साम्राज्ञीविरुद्ध मुद्दा हालेका थिए ।  शाहविरुद्धको अभिनेता भुवन केसीले हारेका छन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो ।

बुधबार यो मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासमा भएको थियो । तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जार माध्यममा आरोप प्रत्यारोप चलेको थियो । साम्राज्ञीले भुवनले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भुवनले पनि साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोश पोखेका थिए ।

बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो । त्यही विवादमा भुवनले साम्राज्ञीले आफूलाई जथाभावी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए ।

 

  • साझा परिवेश
  • बिहिबार, असार २८, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।