sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शान्तिवाटिकामा प्रहरीले मिटरब्याज पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपपप्रधानमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १७:0२
शान्तिवाटिकामा प्रहरीले मिटरब्याज पीडितमाथि बल प्रयोग गर्नु गल्ती थियो : उपपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् ।

४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो । आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए ।

‘फिल्ड कमाण्डरको विश्लेषण गलत थियो । माइकिङ गरेर शान्तिपूर्ण रुपमा आउनु भन्दिनुपर्थ्यो । तर त्यहीँ कन्टेन गर्ने भन्ने निर्णय गरेछन् । बाहिरबाट मिसिने ग्रुपलाई पनि रोक्ने काम भएछ, त्यहाँ गल्ती भयो’ उनले भने, ‘(शान्तिवाटिकामा) ढोका बन्द गरेपछि पीडितले आदोलन गर्नुभयो, त्यही कारण झडप भयो ।’

उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएपछि पनि बल प्रयोग भएको पाइएको भन्दै त्यहाँ पनि गल्ती भएको बताए । ‘जति कमजोरी भयो, गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने व्यक्तिको नाताले पीडितहरुमाथि पुलिसको लाठी लाग्यो, त्यसका निम्ति म क्षमा याचना गर्न चाहन्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid