May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

‘बालविवाहको कुरै नगरौँ’

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:४८
‘बालविवाहको कुरै नगरौँ’

महोत्तरी । ‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ नाराका साथ जिल्लाका सदरमुकाम जलेश्वरको विभिन्न ठाउँमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ।

जलेश्वर नगरपालिकाको सहयोगमा राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालले नगरको खैरा चोक, महेन्द्र चोक, लक्ष्मीचण्डी मुरारका मावि, पासवान टोललगायतका आधा दर्जनभन्दा बढी ठाउँमा बालविवाह न्यूनीकरणमा टेवा पुग्ने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरेका हुन्।

बढी बालविवाह हुने ठाउँ तथा जनचेतना जगाउनका लागि विद्यार्थीबीचमा सडक नाटक प्रदर्शन गरिएको जानकारी दिँदै संस्थाका सचिव राकेश साहले भन्नुभयो, “जलेश्वरमा बालविवाह बढी हुने पासवान टोल, खाद्य संस्थान टोललगायतका ठाउँमा तथा विद्यार्थीमा जनचेतना जगाउन विद्यालयमा सडक नाटक आयोजना गरिएको हो।”

बालबालिकालाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारे सडक नाटकमार्फत जानकारी गराइएको सचिव साहको कथन थियो। मनोरञ्जनात्मक तरिकाबाट दिइने जानकारी प्रभावकारी हुने भएकाले बालविवाह न्यूनीकरणका लागि सडक नाटक नै रोजिएको जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष वरुणकुमार दाहालले बताउनुभयो। उहाँले बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरका बारेमा विद्यालयका बालबालिका तथा अभिभावकलाई जानकारी गराइएको बताउनुभयो।

बालविवाहले शारीरिक, मानसिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा पार्ने असरका बारेमा जानकारी गराउनुका साथै बालबालिकाको अधिकार र बालविवाह गर्दा हुने दण्ड सजायबारेका कानुनी ज्ञानसमेत नाटकमार्फत दिइने गरिएको छ। कानुनमा ‘बिहेवारी बीस वर्ष पारि’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक कार्य गर्दै आएको छ। बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका–अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरूलाई तालिम तथा बालमैत्री शासन आदि कार्यक्रम गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि बालविवाह न्यूनीकरणका लागि सामुदायिक प्रहरीमार्फत बढी बालविवाह हुने डोम, चमार, हलखोरलगायतका समुदायका बस्तीमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले केटाकेटीको विवाह गर्ने उमेर २० वर्ष तोकेको छ। उमेर २० वर्ष नपुगी विवाह गरेमा कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

बालविवाह न्यूनीकरणका लागि सातवटा स्थानीय तहमा केही महिनादेखि बालविवाह न्यूनीकरण स्थानीय प्रणाली शुद्धीकरण परियोजनासमेत सुरु गरिएको छ। जलेश्वर, मटिहानी, लोहारपट्टी, बलबा र मनरासिसवा नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा उक्त परियोजना चलिरहेको छ। परियोजनाअन्तर्गत सातवटै स्थानीय तहका ४९ वटा विद्यालयमा जीवनोपयोगी शिक्षा तथा व्यवहार परिवर्तनसम्बन्धी थप अध्ययन अध्यापन भइरहेको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।