October 18, 2024 | शुक्रबार, कार्तिक २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

साढे दुई सयभन्दा बढी डाक्टर र नर्सले तलब पाएनन्

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:३९
साढे दुई सयभन्दा बढी डाक्टर र नर्सले तलब पाएनन्

काठमाडौं । वीर अस्पतालमा कार्यरत नर्स तथा डाक्टरले तीन महिनादेखि तलब पाएका छैनन् । कोरोना महामारी र डेंगुको प्रकोपमा करारमा नियुक्त गरिएका डाक्टर, नर्स, सरसफाइकर्मी र सुरक्षाकर्मी गरी २७६ जनाले तलब पाउन सकेका छैनन् ।

कोरोना महामारीमा करार नियुक्ति पाएकी नर्स वर्षा घिमिरे तीन महिनादेखि तलब नपाउँदा समस्या भएको बताउँछिन् । दिनरात नभनी काममा खटिँदासमेत तलब नै नपाएपछि काम गर्ने जोसजाँगर कम हुँदै गएको उनले सुनाइन् ।

उनले भनिन्, ‘कसैको पनि तलब नआएको खण्डमा हाम्रोमात्रै तलब नआएको होइन, सबै नआएको हो भनेर चित्त बुझाउन हुन्थ्यो तर सँगै काम गर्नेले तलब, भत्ता पाएका छन्,’ उनले भनिन्, ‘हामीले मात्र तलब नपाउँदा काम गर्ने जोसजाँगर नै घटेर जाने रहेछ ।’

अस्पतालले कोरोना महामारी र डेंगु प्रकोपताका  नियुक्ति पाएका सबै नर्स र डाक्टरलाई तलबसँगै ५० प्रतिशत भत्ता दिने भनिए पनि तीन महिनाअघिसम्म तलबमात्रै दिएको उनको भनाइ छ । तर अहिले तलबसमेत आउन छोडेको उनले बताइन् ।

अर्की नर्स कृष्णकला बुढाथोकीले तलब नपाउँदा दैनिकी चलाउन समस्या भएको सुनाइन् । ‘घर बहाल बुझाउन मुस्किल भयो, काठमाडौंमा सबैको घर छैन, हामीलाई अस्पतालले तलब रोकिदिँदा समस्या भोग्नु परेको छ,’ उनले भनिन् ।

उनी भन्छिन्, ‘पचास प्रतिशत भत्ता लिने नर्स र भत्ता नदिएका नर्सलाई काममा खटाउने समय एउटै छ तर हाम्रो तलब रोकिएको छ, अरुले पाइरहेका छन् ।’

अस्पतालले आइतबारसम्म तलब उपलब्ध नगराए आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् । वीर अस्पतालमा करारका स्वास्थ्यकर्मी, सफाइकर्मी, नर्स, डाक्टरको मात्रै समस्या नभएर फाजिल र काजमा काम गर्ने स्वास्थ्यकर्मीले समेत नियमित तलब पाउन सकेका छैनन् ।

करार, फाजिल, काज गरी ४०० जनाले नियमित रुपमा तलब पाएका छैनन् ।

तलबका विषयमा के भन्छ अस्पताल ?

सरकारले वीर अस्तालको ५०० सय बेडको सर्जिकल भवनका लागि ८३१ दरबन्दी थपिदिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीकालमा सर्जिकल भवनमा करारमा स्वास्थ्यकर्मी लिएर अस्पताल चलाउन निर्देशन दिएको थियो । सोही अनुुसार कोरोना महामारीमा मन्त्रालयको दरबन्दीभित्र करारमा २७६ जना स्वास्थ्यकर्मीलाई खटाइएको थियो ।

मन्त्रालयले दरबन्दीभित्र करारमा नियुक्ति गरी खटाएका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले बताए ।

युनिफाइड कोभिड अस्पताल बनाउँदा सर्जिकल भवनका लागि कोभिड महामारीका लागि १८५ जना नर्स, ८ औँ तहका ४३ जना डाक्टर, ४८ सुरक्षागार्ड र सरसफाइकर्मी लिइएको थियो ।

वीर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तगर्तका स्थायी, करार, मासिक ज्यालादारी कर्मचारी र नेपाल सरकारले पठाउने स्थायी कर्मचारीले नियमित रुपमा तलब पाएको निर्देशक डा. पौडेलले बताए ।

मन्त्रालयले कोरोना महामारीमा पुल दरबन्दीभित्र पठाएका कारारका डाक्टर, नर्स, सफाइकर्मी र सुरक्षाकर्मी लगायत अन्य कर्मचारीले तीन महिनादेखि तलब नपाउँदा समस्या भएको डा. पौडेलले सुनाए ।

उनी भन्छन्, ‘मन्त्रालयले यति कर्मचारी राख्नुस् भनेर दिएपछि तलब, भत्ता माग्नुपर्छ जस्तो लाग्दैन, मन्त्रालय आफैँले पठाइदिनुपर्ने हो । हरेक दिन तलब नपाउने करारका नर्स, डाक्टर, अन्य स्वास्थ्यकर्मी, फाजिल, काजका कर्मचारीको टोली हामीसँग कुरा गर्न आउनु हुन्छ । साह्रै समस्या भयो ।’

प्रतिष्ठानतर्फको कर्मचारी अस्पतालको जिम्मेवारीभित्र पर्छ । तर सरकार आफैँले दरबन्दी सिर्जना गरी कर्मचारी राखे पनि तलब समयमा नआउँदा समस्या भएको उनको भनाइ छ ।

कारार कर्मचारीको तलब प्राप्तिका लागि स्वास्थ्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म धाइरहेको कार्यकारी निर्देशक डा. पौडेलले बताए । कर्मचारीको तलबको विषयमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीर अस्पतालमा कार्यरत फाजिल र काजका कर्मचारीले समेत नियमित तलब पाउन सकेका छैनन् । दरबन्दी कहाँ भन्ने थाहा नभएका फाजिल कर्मचारीलाई समेत मन्त्रालयले वीर अस्पतालमा पठाएको छ । यस्तै, अन्य ठाउँमा दरबन्दी भई वीर अस्पतालमा काज पठाएका कर्मचारी र फाजिलका गरी करिब १०० जनाको तलबको व्यवस्था हुन नसकेको अस्पतालले जनाएको छ ।

गत मंसिरदेखि फाजिल र काजका स्वास्थ्यकर्मी तथा कर्मचारीले तलब नपाएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक पौडेल भन्छन्, ‘काजका र फाजिलका कर्मचारी यहाँ काम गर्नुहुन्छ, तलब अर्कै ठाउँमा पुग्छ, कर्मचारीको तलबको विषयमा समस्या छ ।’

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्