May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १४:२२
राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालय ध्वस्त भयो : प्रा. डा. माथेमा
  • विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने 
  • रोकिएको कार्यक्रम बुधबार आयोजना गरियो 
  • त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राख्नु राम्रो हुन्न 

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीति छिरेपछि त्यो ध्वस्त हुने बताएका छन् ।  नेपालका विश्वविद्यालयको स्तरमा आएको क्षयीकरणमा पनि माथेमाले राजनीतिक हस्तक्षेपलाई कारणका रूपमा प्रस्तुत गरे । गत साउन २४ मा नेपाली कांग्रेसले सुरु गरेको बीपी साहित्य महोत्सव २६ गते एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रोकिएको थियो ।

अन्तिम दिनको रोकिएको कार्यक्रम बुधबार आयोजना भयो । बुधबारको कार्यक्रममा प्रमुख वक्ताको भूमिका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् माथेमाले पाएका थिए । उक्त कार्यक्रममा माथेमाले बीपी कोइराला भएको भए अहिलेको शिक्षा प्रणालीलाई पनि यस्तै हुन नदिने अनुमान गरे ।

“एउटै त्रिभुवन विश्वविद्यालयमा ७५ प्रतिशत विद्यार्थीहरू छन् । बाँकी तीन विश्वविद्यालयसँग १६ प्रतिशत छन् भने अन्य १० वटामा १० प्रतिशत मात्र छ । यो व्यालेन्स छैन,” प्रा. डा. माथेमाले भने, “त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसका विद्यार्थीहरूलाई एउटै पाठ्क्रम पढ्छन्, एउटै प्रकारको केन्द्रिकृत जाँच दिन्छन् । बीपी भएको भए त्यस्तो हुनु दिनु हुने थिएन होला ।”

उनले आफूले पढेअनुसार बीपी विविधता र सृजनशीलताको पक्षधर भएका कारण पनि उनी भएको भए एउटै पाठ्यक्रम लागु हुँदैनथ्यो होला भन्न सकिने बताए । उनले त्रिविका सबैतिरका क्याम्पसमा एउटै पाठ्यक्रम राम्रो नहुने धारणा समेत राखे ।  नेपालका विश्वविद्यालयको स्तर खस्कनुको प्रमुख कारण राजनीतिक हस्तक्षेपलाई मान्दै विश्वविद्यालयमा राजनीतिले सधै नराम्रो नै असर गर्ने कुरा अध्ययनहरूले पनि पुष्टि गरेको बताए ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।